Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, झापा जिल्लाको विर्तामोड नगरपालिका २ चारपाने स्थित सीमा ईलाकाबाट असोज २५गते एपीएफ टोलीले करीव पाँच लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा मेची भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० विकास बस्ती स्थित सीमा इलाकाबाट असोज २४ गते एपीएफ टोलीले करीव दुई लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका मोवाईलको स्क्रिन गार्ड बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ हजार ९ सय ३० थान मोवाईलको स्क्रिन गार्ड सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले असोज २५ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको छालाको पेटी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त पेटी एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ रामनगर स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको विर्तामोड नगरपालिका २ चारपाने स्थित सीमा ईलाकाबाट असोज २५गते एपीएफ टोलीले करीव पाँच लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा मेची भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० विकास बस्ती स्थित सीमा इलाकाबाट असोज २४ गते एपीएफ टोलीले करीव दुई लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका मोवाईलको स्क्रिन गार्ड बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ हजार ९ सय ३० थान मोवाईलको स्क्रिन गार्ड सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले असोज २५ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको छालाको पेटी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त पेटी एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ रामनगर स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।