Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद –

काठमाडौं,
    पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ६ रामपुर खडौनाबाट असोज २२ गते एपीएफ टोलीले करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्याज बरामद गरेको छ ।
    पिकअप गाडीमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५७ बोरा प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    एपीएफ टोलीले त्यसवेला प्याज ल्याउन प्रयोग भएको उक्त पिकअप गाडी समेत बरामद गरेको छ ।
    बरामद प्याज तथा गाडी मुल भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ । 
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले असोज २१ गते करीव एक लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा कस्मेटिक सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले पाँच वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका २ लालबकैया नदिको बाँधबाट बरामद गरेको हो । 
    बरामद सामान तथा साइकल भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
 
{ /images/misc/no-image.jpg }