Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद –

काठमाडौं,
    महोत्तरी जिल्लाको सोनमा गाउँपालिका ३ उत्तरबारी टोलबाट साउन २१ गते एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भारतीय नम्बरको दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रघुनाथपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरेको छ । 
    बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । 
    यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुवाबाट साउन २२ गते एपीएफ टोलीले करीव चार लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । 
    अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद  सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले साउन २२ गते करीव दुई लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ । 
    अवैध रुपले ओसार पसार गर्दै गरेको उल्लेखित मुल्य बराबरको ईनामेल, किराना सामान, मदिरा र केराउ एपीएफ टोलीले सप्तरी जिल्लाको डाँक्नेश्वरी नगरपालिका ४ कुशाहाबाट बरामद गरेको हो ।
    
{ /images/misc/no-image.jpg }