Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट साउन १ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान, लत्ताकपडा र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव दुई लाख ३९ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपट्टिबाट खटिएको एपीएफ टोलीले असार ३१ गते चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त किराना सामान एपीएफ टोलीले सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका ९ सुवर्णपट्टि स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव दुई लाख ४९ हजार रहेको छ । यसैगरी महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ४ गैडाभेटपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले साउन १ गते करिव एक लाख पाँच हजार रुपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट साउन १ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान, लत्ताकपडा र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव दुई लाख ३९ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपट्टिबाट खटिएको एपीएफ टोलीले असार ३१ गते चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त किराना सामान एपीएफ टोलीले सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका ९ सुवर्णपट्टि स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव दुई लाख ४९ हजार रहेको छ । यसैगरी महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ४ गैडाभेटपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले साउन १ गते करिव एक लाख पाँच हजार रुपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।