Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडासहित पक्राउ सुनसरी, सुनसरी जिल्लाको हरिनगर गाउपालिका १ भुटाहाबाट असार २९ गते एपीएफ टोलीले करीव २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको हरिनगर गाउँपालिका ४ बस्ने ३६ वर्षिय प्रमेश्वर महता छन् । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश भुटाहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका महतालाई एपीएफ टोलीले बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाएको छ । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ हिक्मतपुर जंगलबाट असार ३० गते एपीएफ टोलीले करीव एक लाख ५९ हजार रुपैयाँ बराबको चारीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय खक्रौला टिकापुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडासहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको हरिनगर गाउपालिका १ भुटाहाबाट असार २९ गते एपीएफ टोलीले करीव २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको हरिनगर गाउँपालिका ४ बस्ने ३६ वर्षिय प्रमेश्वर महता छन् । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश भुटाहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका महतालाई एपीएफ टोलीले बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाएको छ । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ हिक्मतपुर जंगलबाट असार ३० गते एपीएफ टोलीले करीव एक लाख ५९ हजार रुपैयाँ बराबको चारीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय खक्रौला टिकापुरमा बुझाईएको छ ।