Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागुऔषधसहित पक्राउकाठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित कोशी नहरको पुलबाट चैत्र २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका २ बस्ने १९ वर्षिय सुरज साह, १९ वर्षिय कालु साह, २१ वर्षीय संजय साह र ३२ वर्षिय दिपेन्द्र श्रेष्ठ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १९ वटा र डाईजोपाम ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ९ स्थित आचार्य लाईन ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २१ वर्षिय प्रविन श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज श्रेष्ठको साथमा ड्रोमाडस ट्याब्लेट पाँच वटा र स्पाईस्पेन ट्याब्लेट पाँच वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
लागुऔषधसहित पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित कोशी नहरको पुलबाट चैत्र २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका २ बस्ने १९ वर्षिय सुरज साह, १९ वर्षिय कालु साह, २१ वर्षीय संजय साह र ३२ वर्षिय दिपेन्द्र श्रेष्ठ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १९ वटा र डाईजोपाम ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ९ स्थित आचार्य लाईन ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २१ वर्षिय प्रविन श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज श्रेष्ठको साथमा ड्रोमाडस ट्याब्लेट पाँच वटा र स्पाईस्पेन ट्याब्लेट पाँच वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।