सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ |
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँबाट चैत्र १० गते एपीएफ टोलीले १७ वटा नाईट्रोजन ट्याब्लेट र एक पट्टा स्पास्मो प्रोक्सिभनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने ३२ वर्षिय भुवन पाल र २४ वर्षिय दानबहादुर ऐर छन् । से ६ प २३७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । |