Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

फोटो खिच्दा नदिमा खसी हराएका व्यक्ति एपीएफ टोलीद्वारा फेला धनकुटा, फोटो खिच्ने क्रममा लडेर तमोर नदिमा खसी बेपत्ता भएका भारतीय नागरिक २६ वर्षिय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत निज शर्मा फागुन २४ गते उक्त नदि किनारमा फोटो खिच्ने क्रममा नदिमा खसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए । उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको थियो । एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमी गाउँपालिका वडा नं. १ स्थित गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो । त्यसठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई निकालेको हो । उक्त नदिको वहाव तीब्र भएको कारण उद्वार कार्यमा कठिनाईका वावजुद एपीएफ टोली अथक मेहनतकासाथ उद्वार कार्यमा जुटेको थियो । त्यसठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उकृष्ट उद्वार कार्यका लागि चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसैबीच भएको उक्त घटनाबारे जानकारी पाउनासाथै गोताखोरसहितको एपीएफ टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्छन् । उनीहरुले एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने हुन्छ । निकै जोखिमपूर्ण रहेको नदिभित्र खोजी तथा उद्वार कार्यका लागि ती गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री प्रयोग गर्ने गरेका छन् । उक्त खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत सहयोग पु¥याएका थिए । ती व्यक्ति सो नदिमा खसेको सात दिन हुदाँ समेत एपीएफ टोली दिनहुँ खोजीकार्यमा सकृयताकासाथ जुटेका थिए ।
/uploads/news/YzXxSQW9XmdJzTvD6qI+HA==.jpg
फोटो खिच्दा नदिमा खसी हराएका व्यक्ति एपीएफ टोलीद्वारा फेला
धनकुटा, फोटो खिच्ने क्रममा लडेर तमोर नदिमा खसी बेपत्ता भएका भारतीय नागरिक २६ वर्षिय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत निज शर्मा फागुन २४ गते उक्त नदि किनारमा फोटो खिच्ने क्रममा नदिमा खसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए । उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको थियो । एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमी गाउँपालिका वडा नं. १ स्थित गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो । त्यसठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई निकालेको हो । उक्त नदिको वहाव तीब्र भएको कारण उद्वार कार्यमा कठिनाईका वावजुद एपीएफ टोली अथक मेहनतकासाथ उद्वार कार्यमा जुटेको थियो । त्यसठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उकृष्ट उद्वार कार्यका लागि चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसैबीच भएको उक्त घटनाबारे जानकारी पाउनासाथै गोताखोरसहितको एपीएफ टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्छन् । उनीहरुले एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने हुन्छ । निकै जोखिमपूर्ण रहेको नदिभित्र खोजी तथा उद्वार कार्यका लागि ती गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री प्रयोग गर्ने गरेका छन् । उक्त खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत सहयोग पु¥याएका थिए । ती व्यक्ति सो नदिमा खसेको सात दिन हुदाँ समेत एपीएफ टोली दिनहुँ खोजीकार्यमा सकृयताकासाथ जुटेका थिए ।