Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० पकडीघाटबाट फागुन २२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २७ सिसुवा महेशपुर बस्ने ५० वर्षिया सुधा मिया राम छिन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निजको साथबाट प्रोमेथाईन ४ सय वटा, नोफिन ४ सय वटा र डाईजीपाम ४ सय वटा बरामद गरेको छ । यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट फागुन २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टि गाउँपालिका ७ बस्ने दिपेशकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३ वटा, डाईजेल्याव ३ वटा, फेनारागन ३ वटा र नोफिन ३ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० पकडीघाटबाट फागुन २२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २७ सिसुवा महेशपुर बस्ने ५० वर्षिया सुधा मिया राम छिन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निजको साथबाट प्रोमेथाईन ४ सय वटा, नोफिन ४ सय वटा र डाईजीपाम ४ सय वटा बरामद गरेको छ । यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट फागुन २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टि गाउँपालिका ७ बस्ने दिपेशकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३ वटा, डाईजेल्याव ३ वटा, फेनारागन ३ वटा र नोफिन ३ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।