Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

प्राविधिक सशस्त्र प्रहरी अधिकृत तालिम सम्पन्न काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. २३ प्राविधिक सशस्त्र प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले फागुन २२ गते उक्त तालिमको समापन गर्नुभयो । त्यसअवसरमा उहाँले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा असहज परिस्थितिका बेला समेत कत्तिपनि विचलित नभई कर्तव्य निर्वाह गर्न तल्लिन रहनु पर्ने सुरक्षाकर्मीको पेशागत दायित्व रहेको चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा गएपछि आफ्नो जिम्मेवारीलाई पेशागत इमान्दारिताकासाथ पुरा गर्न प्रशिक्षार्थीहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा सधैं उपयोग गर्नुपर्ने चर्चा गर्नुहुँदै यसबाट कार्यसफलतामा सघाउ पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि सशस्त्र प्रहरी कर्मचारीहरुले सामुहिक भावनाकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो तालिममा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा.राहुल श्रेष्ठ सर्वप्रथम भएका छन् भने प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक सफलता भसिमा कवाज प्रथम, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक मनिष कार्की चाँदमारी प्रथम तथा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक अशोककुमार यादव सहिष्णुतातर्फ प्रथम भएका छन् । करीब तीन महिना अवधिको सो तालिममा चार जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र २१ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षकसहित कूल २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, प्रशिक्षार्थी अधिकृतहरुका अभिभावक वर्ग लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/nNoxgoNjMRL+yh1AOzAnPg==.jpg
प्राविधिक सशस्त्र प्रहरी अधिकृत तालिम सम्पन्न
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. २३ प्राविधिक सशस्त्र प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले फागुन २२ गते उक्त तालिमको समापन गर्नुभयो । त्यसअवसरमा उहाँले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा असहज परिस्थितिका बेला समेत कत्तिपनि विचलित नभई कर्तव्य निर्वाह गर्न तल्लिन रहनु पर्ने सुरक्षाकर्मीको पेशागत दायित्व रहेको चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा गएपछि आफ्नो जिम्मेवारीलाई पेशागत इमान्दारिताकासाथ पुरा गर्न प्रशिक्षार्थीहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा सधैं उपयोग गर्नुपर्ने चर्चा गर्नुहुँदै यसबाट कार्यसफलतामा सघाउ पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि सशस्त्र प्रहरी कर्मचारीहरुले सामुहिक भावनाकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो तालिममा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा.राहुल श्रेष्ठ सर्वप्रथम भएका छन् भने प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक सफलता भसिमा कवाज प्रथम, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक मनिष कार्की चाँदमारी प्रथम तथा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक अशोककुमार यादव सहिष्णुतातर्फ प्रथम भएका छन् । करीब तीन महिना अवधिको सो तालिममा चार जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र २१ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षकसहित कूल २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, प्रशिक्षार्थी अधिकृतहरुका अभिभावक वर्ग लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।