Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी परिवार महिलासंघद्वारा ब्युटिसियन तालिम संचालन

काठमाडौं, 
सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघद्वारा एडभान्स ब्यूटिसियन तालिम संचालन भएको छ । 
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले आज एक कार्यक्रमका बीच सो तालिमको उद्घाटन गर्नुभयो । 
सो अवसरमा सो संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले स्वागत मन्तव्यको क्रममा यस किसिमको तालिममले स्वरोजगार बनाई आर्थिक अवस्थामा समेत टेवा पु¥याउनुको साथै महिला शसक्तिकरण अभियानमा समेत सहयोग पुग्ने बताउनुभयो । 
उहाँले संघले आगामी दिनहरुमा समेत समाजसेवाको क्षेत्रमा योगदान पु¥याउँदै रचनात्मक तथा नविन कार्यक्रमहरु संचालन गरीरहने उल्लेख गर्नुभयो । 
सो कार्यक्रममा तालिमका प्रशिक्षक सुन्दरी कारणजीतले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै यस किसिमको तालिमले स्वाबलम्बी बनाउने बताउनुभयो । 
कार्यक्रममा संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतनामूलक कार्यक्रमहरु संचालन, प्रकोप पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर संचालन, रक्तदान कार्यक्रमको आयोजना लगायतका कार्यहरु गर्दै आईरहेको जानकारी गराईएको थियो ।
सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा काठमाडौको हल्चोकमा संचालन भएको तीन महिना अवधिको उक्त तालिममा कूल २५ जना सहभागि रहेका छन् । 
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

/uploads/news/news4.jpg