Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ब्याण्ड तालिमको समापन काठमाडौं, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणमा रहेका ब्याण्ड अफ द ब्रीगेड अफ गोर्खाज (ब्रीटिस गोर्खा ब्याण्ड) र सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड बीच आयोजित संयुक्त तालिम समान भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा आयोजित एक कार्यक्रमका बीच फागुन १३ गते उक्त तालिमको समापन गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा ब्रीटिस गोर्खा ब्याण्डका डाईरेक्टर अफ म्युजिक क्याप्टेन सेन ओनेल तथा असिस्टेन डाईरेक्टर क्याप्टेन वासुदेव गुरुङ्गलाई सम्झनाको चिनो प्रदान गर्नुकासाथै ब्रीटिस गोर्खा ब्याण्डका सदस्यहरुलाई सम्झना स्वरुप ब्याच प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रीटिस गोर्खा ब्याण्ड बीचको यस्ता संयुक्त तालिम तथा अभ्यासले नविनतम सांगितीक ज्ञान तथा कला सिक्ने अवसर प्राप्त भएको चर्चा गर्नुुहुँदै फौजी संगठनमा ब्याण्डको बिशेष महत्व रहेको कुरा समेत बताउनुभयो । उहाँले संगीत संसारका सबैले बुझ्ने तथा सांगितीक धुनले सबैलाई आकर्षण गर्ने चर्चा गर्नुहुँदै यस्ता कार्यक्रमको आयोजनाले नेपाल भ्रमण वर्ष सफल बनाउन केही मात्र भएपनि योगदान पु¥याउने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ब्रीटिस गोर्खा र सशस्त्र प्रहरी बल नेपालको सम्बन्ध गाढा र सुमधुर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुहुँदै भविष्यमा समेत यस्ता तालिमहरु निरन्तर आयोजना भईरहने विश्वास व्यक्त गर्नुभयो । त्यसअवसरमा उक्त ब्याण्डहरुले बिभिन्न चर्चित नेपाली तथा अन्तर्राष्ट्रिय संगीतहरुको संयुक्त सांगितीक प्रस्तुती समेत गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र नारायणबावु थापा लगाएत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/hluDU6JgCL3U5pB9l8qL8A==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ब्याण्ड तालिमको समापन
काठमाडौं, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणमा रहेका ब्याण्ड अफ द ब्रीगेड अफ गोर्खाज (ब्रीटिस गोर्खा ब्याण्ड) र सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड बीच आयोजित संयुक्त तालिम समान भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा आयोजित एक कार्यक्रमका बीच फागुन १३ गते उक्त तालिमको समापन गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा ब्रीटिस गोर्खा ब्याण्डका डाईरेक्टर अफ म्युजिक क्याप्टेन सेन ओनेल तथा असिस्टेन डाईरेक्टर क्याप्टेन वासुदेव गुरुङ्गलाई सम्झनाको चिनो प्रदान गर्नुकासाथै ब्रीटिस गोर्खा ब्याण्डका सदस्यहरुलाई सम्झना स्वरुप ब्याच प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रीटिस गोर्खा ब्याण्ड बीचको यस्ता संयुक्त तालिम तथा अभ्यासले नविनतम सांगितीक ज्ञान तथा कला सिक्ने अवसर प्राप्त भएको चर्चा गर्नुुहुँदै फौजी संगठनमा ब्याण्डको बिशेष महत्व रहेको कुरा समेत बताउनुभयो । उहाँले संगीत संसारका सबैले बुझ्ने तथा सांगितीक धुनले सबैलाई आकर्षण गर्ने चर्चा गर्नुहुँदै यस्ता कार्यक्रमको आयोजनाले नेपाल भ्रमण वर्ष सफल बनाउन केही मात्र भएपनि योगदान पु¥याउने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ब्रीटिस गोर्खा र सशस्त्र प्रहरी बल नेपालको सम्बन्ध गाढा र सुमधुर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुहुँदै भविष्यमा समेत यस्ता तालिमहरु निरन्तर आयोजना भईरहने विश्वास व्यक्त गर्नुभयो । त्यसअवसरमा उक्त ब्याण्डहरुले बिभिन्न चर्चित नेपाली तथा अन्तर्राष्ट्रिय संगीतहरुको संयुक्त सांगितीक प्रस्तुती समेत गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र नारायणबावु थापा लगाएत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।