Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद काठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट फागुन ११ गते एपीएफ टोलीले करीब दुई लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख २० हजार रुपैयाँ रहेको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ ढुंगानाटोलबाट फागुन १२ गते एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीले करीब दुई लाख ३६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उक्त सेतो मटर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खकरौलाबाट खटिएको एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीलीले बरामद गरेको हो । बरामद मटर सेती भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट फागुन ११ गते एपीएफ टोलीले करीब दुई लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख २० हजार रुपैयाँ रहेको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ ढुंगानाटोलबाट फागुन १२ गते एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीले करीब दुई लाख ३६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उक्त सेतो मटर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खकरौलाबाट खटिएको एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीलीले बरामद गरेको हो । बरामद मटर सेती भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।