Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले माघ २० गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ४ स्थित भेटघाट चोकबाट बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सिम्रौनगढ ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले माघ २० गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ४ स्थित भेटघाट चोकबाट बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सिम्रौनगढ ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।