सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीनिकासीको केराउसहित ट्याक्टर बरामद |
बारा, बारा जिल्लाको विश्रामपुर गाउँपालिका ४ स्थित छतुवाबाट माघ २३ गते एपीएफ टोलीले करीव दुई हजार चार सय के.जी. चोरीनिकासीको केराउ बरामद गरेको छ । ना ४ त ३७२६ नम्बरको ट्याक्टरमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरको उक्त केराउ सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेक्व बाराबाट सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद केराउ तथा ट्याक्टर भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । बरामद केराउ तथा ट्याक्टरको भन्सार दाखिला मुल्य छ लाख रुपैयाँ रहेको छ । |