Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातकालीन विशेष कार्यक्रमकाठमाडौं, १९औं सशस्त्र प्रहरी दिवस २०७६ को पुनित अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिहिबार प्रभातकालीन विशेष कार्यक्रम आयोजना गरियो । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७६’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार ललितबहादुर खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई विदाई एवं प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले आ.व. २०७४÷०७५ सम्मको बाँकी बेरुजु फछ्र्योटको प्रगतीमा सशस्त्र प्रहरी बल नेपाललाई सर्वोत्कृष्ट हुन योगदान पु¥याउने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुलबहादुर नेम्वाङ, सशस्त्र प्रहरी नायव उपरीक्षक पूर्णबहादुर साउद र ध्रुव के.सी. तथा सशस्त्र प्रहरी निरीक्षक गणेशबहादुर मल्ल र सशस्त्र प्रहरी हवल्दार किशोरकुमार बलामीलाई नगद पुरस्कार एवं प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले उत्कृष्ट ठहरीएका शिक्षालय, गण, गुल्म तथा बोर्डर आउट पोष्टलाई प्रशंसापत्र प्रदान गर्नुकासाथै संगठनलाई सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त एवं बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप नगद तथा प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न समयमा अलंकार तथा पदकद्वारा विभुषित सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अलंकार तथा पदकद्वारा सुशोभित गर्नुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले कर्तव्य पालनाको सिलसिलामा सहिद भएका ९४ जना सशस्त्र प्रहरी कर्मचारीका सन्ततीलाई २४ हजार रुपैयाँका दरले कुल २२ लाख ५६ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गर्नुभयो । सोही विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकत्रय पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेलले संगठनको विभिन्न विद्यामा उत्कृष्ट ठहरीएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी तेह«ौ दक्षिण एसीयाली खेलकुद प्रतियोगिताका पदक विजेता सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुका लागि एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कुल ९ लाख ९५ हजार रुपैयाँको चेक सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहाललाई हस्तान्तरण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बलका विविध विषयलाई लिएर सशस्त्र प्रहरी बल नेपालमा राष्ट्रसेवकहरुलाई सम्बोधन गर्नुभयो । सशस्त्र प्रहरी संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रशासरण गरिएको सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई जिम्मेवार सुरक्षा निकायको रुपमा सथापित गर्ने सिलसिलामा सहिद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीको योगदान तथा त्यागको स्मरण गर्नुहुँदै कर्तव्य पालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले आफुलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्ती पश्चात संगठनलाई आवश्यक कार्गनिर्देशन गर्नुहुने प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव तथा गृहसचिव एवं सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गर्नुभयो । संगठनका राष्ट्रसेवकहरुले आफ्नो अनुभवबाट संगालेका सुझाव सल्लाह अनुसारका विषयहरुमा संगठनले सुधार गर्दै लैजाने दिर्घकालीन सोचसहितको योजना रहेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनका विविध विषयमा सशस्त्र प्रहरी कर्मचारीहरुको दुढता, कर्तव्य परायणता, समर्पण, सेवाभाव तथा सुरक्षा, सहयोग र उद्वारमा सशस्त्र प्रहरी कर्मचारीले देखाएको निश्वार्थभाव र अटुट लगनशिलताका लागि आभार व्यक्त गर्नुभयो । उहाँले देशका ७७ वटै जिल्लाका विभिन्न भागहरु लगाएत सीमा एवं विदेशमा समेत तैनाथ भई राष्ट्रको गौरव बढाउँदै स्वदेश तथा विदेशका आम नागरिकको सेवा, सुरक्षा र उद्वारका कार्यहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुले योगदान पु¥याएको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले अग्रज एवं संगठनका बीर सपूतहरुले बगाएको पसिना र रगतलाई सँधै सम्झदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारलिे कार्यक्षेत्रमा विशिष्ट योगदान पु¥याउन सधैं कृयाशिल रहनु पर्ने बताउनुभयो । उहाँले संगठनले कार्यक्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको चर्चा गर्नुहुँदै भ्रष्टाचार, मानवअधिकारको हनन एवं लैंिगक हिंसामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेको उल्लेख गर्दै ८७ बाट २२१ बोर्डर आउट पोष्ट बनाउने लक्ष्यकासाथ सीमा सुरक्षालाई बलियो बनाउँदै संगठन अगाडी बढिरहेको तथा छिमेकी मुलुकका सीमा रक्षामा तैनाथ सुरक्षा निकायहरुसँग औपचारिक मिटिङहरुका माध्यमबाट राम्रो समन्वयका आधारहरु निर्माण भएको चर्चा समेत गर्नुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत लगाएत विल्लादार जवानहरुको उपस्थिती रहेको थियो । यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु लगाएत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातकालीन विशेष कार्यक्रम
काठमाडौं, १९औं सशस्त्र प्रहरी दिवस २०७६ को पुनित अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिहिबार प्रभातकालीन विशेष कार्यक्रम आयोजना गरियो । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७६’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार ललितबहादुर खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई विदाई एवं प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले आ.व. २०७४÷०७५ सम्मको बाँकी बेरुजु फछ्र्योटको प्रगतीमा सशस्त्र प्रहरी बल नेपाललाई सर्वोत्कृष्ट हुन योगदान पु¥याउने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुलबहादुर नेम्वाङ, सशस्त्र प्रहरी नायव उपरीक्षक पूर्णबहादुर साउद र ध्रुव के.सी. तथा सशस्त्र प्रहरी निरीक्षक गणेशबहादुर मल्ल र सशस्त्र प्रहरी हवल्दार किशोरकुमार बलामीलाई नगद पुरस्कार एवं प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले उत्कृष्ट ठहरीएका शिक्षालय, गण, गुल्म तथा बोर्डर आउट पोष्टलाई प्रशंसापत्र प्रदान गर्नुकासाथै संगठनलाई सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त एवं बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप नगद तथा प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न समयमा अलंकार तथा पदकद्वारा विभुषित सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अलंकार तथा पदकद्वारा सुशोभित गर्नुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले कर्तव्य पालनाको सिलसिलामा सहिद भएका ९४ जना सशस्त्र प्रहरी कर्मचारीका सन्ततीलाई २४ हजार रुपैयाँका दरले कुल २२ लाख ५६ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गर्नुभयो । सोही विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकत्रय पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेलले संगठनको विभिन्न विद्यामा उत्कृष्ट ठहरीएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी तेह«ौ दक्षिण एसीयाली खेलकुद प्रतियोगिताका पदक विजेता सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुका लागि एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कुल ९ लाख ९५ हजार रुपैयाँको चेक सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहाललाई हस्तान्तरण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बलका विविध विषयलाई लिएर सशस्त्र प्रहरी बल नेपालमा राष्ट्रसेवकहरुलाई सम्बोधन गर्नुभयो । सशस्त्र प्रहरी संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रशासरण गरिएको सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई जिम्मेवार सुरक्षा निकायको रुपमा सथापित गर्ने सिलसिलामा सहिद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीको योगदान तथा त्यागको स्मरण गर्नुहुँदै कर्तव्य पालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले आफुलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्ती पश्चात संगठनलाई आवश्यक कार्गनिर्देशन गर्नुहुने प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव तथा गृहसचिव एवं सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गर्नुभयो । संगठनका राष्ट्रसेवकहरुले आफ्नो अनुभवबाट संगालेका सुझाव सल्लाह अनुसारका विषयहरुमा संगठनले सुधार गर्दै लैजाने दिर्घकालीन सोचसहितको योजना रहेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनका विविध विषयमा सशस्त्र प्रहरी कर्मचारीहरुको दुढता, कर्तव्य परायणता, समर्पण, सेवाभाव तथा सुरक्षा, सहयोग र उद्वारमा सशस्त्र प्रहरी कर्मचारीले देखाएको निश्वार्थभाव र अटुट लगनशिलताका लागि आभार व्यक्त गर्नुभयो । उहाँले देशका ७७ वटै जिल्लाका विभिन्न भागहरु लगाएत सीमा एवं विदेशमा समेत तैनाथ भई राष्ट्रको गौरव बढाउँदै स्वदेश तथा विदेशका आम नागरिकको सेवा, सुरक्षा र उद्वारका कार्यहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुले योगदान पु¥याएको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले अग्रज एवं संगठनका बीर सपूतहरुले बगाएको पसिना र रगतलाई सँधै सम्झदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारलिे कार्यक्षेत्रमा विशिष्ट योगदान पु¥याउन सधैं कृयाशिल रहनु पर्ने बताउनुभयो । उहाँले संगठनले कार्यक्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको चर्चा गर्नुहुँदै भ्रष्टाचार, मानवअधिकारको हनन एवं लैंिगक हिंसामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेको उल्लेख गर्दै ८७ बाट २२१ बोर्डर आउट पोष्ट बनाउने लक्ष्यकासाथ सीमा सुरक्षालाई बलियो बनाउँदै संगठन अगाडी बढिरहेको तथा छिमेकी मुलुकका सीमा रक्षामा तैनाथ सुरक्षा निकायहरुसँग औपचारिक मिटिङहरुका माध्यमबाट राम्रो समन्वयका आधारहरु निर्माण भएको चर्चा समेत गर्नुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत लगाएत विल्लादार जवानहरुको उपस्थिती रहेको थियो । यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु लगाएत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।