Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापनकाठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चौथो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को माघ ३ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा प्रा.डा. भुसालले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु भोलीका दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताकासाथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्षेत्रमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सो कोर्ष फलदायी रहने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत उक्त कोर्ष उपयोगी रहने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा देशभर खटिएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा व्यावसायिक ढंगले कृयाशिल रहन निर्देशन समेत दिनुभयो । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले शिक्षा सधैं शक्तिशाली रहने चर्चा गर्नुहुँदै एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सशस्त्र प्रहरी अधिकृतहरुलाई व्यावसायिक बनाउने कार्यमा सहयोगीसिद्ध हुने बताउनुभयो । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुहुँदै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताउनुभयो । गत साल असोज २१ गतेबाट संचालित १६ महिना अवधिको सो कोर्षमा ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक गरी कुल ११ जना अधिकृतहरु सहभागी रहेका थिए । सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
/uploads/news/m18ju3I4ImnfP0Kv3+vMmw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चौथो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को माघ ३ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा प्रा.डा. भुसालले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु भोलीका दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताकासाथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्षेत्रमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सो कोर्ष फलदायी रहने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत उक्त कोर्ष उपयोगी रहने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा देशभर खटिएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा व्यावसायिक ढंगले कृयाशिल रहन निर्देशन समेत दिनुभयो । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले शिक्षा सधैं शक्तिशाली रहने चर्चा गर्नुहुँदै एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सशस्त्र प्रहरी अधिकृतहरुलाई व्यावसायिक बनाउने कार्यमा सहयोगीसिद्ध हुने बताउनुभयो । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुहुँदै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताउनुभयो । गत साल असोज २१ गतेबाट संचालित १६ महिना अवधिको सो कोर्षमा ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक गरी कुल ११ जना अधिकृतहरु सहभागी रहेका थिए । सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।