सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
काठमाडौं, रौतहट जिल्लाको ईशनाथ नगरपालिका ३ स्थित लतमरीबाट मंसीर २४ गते एपीएफ टोलीले चोरीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । दुई वटा भारतीय नम्बरको म्याजीक भ्यानमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद भारतीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सुर्तीजन्य पदार्थ तथा उक्त दुई वटै म्याजीक भ्यान भन्सार कार्यालय गौरमा बुझाईएको छ । म्याजीक भ्यान तथा सुर्तीजन्य पदार्थको भन्सार दाखिला मुल्य १५ लाख ८५ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १४ स्थित कालिझोडाबाट मंसीर २३ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा हार्डवयरका सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । |