Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित जंगल टोलबाट एपीएफ टोलीले मंसीर ११ गते करीव दुई लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलेक्ट्रोनिक्स सामान तथा प्रिन्टर सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक मानबहादुर शाहीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले मंसीर ११ गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ३ स्थित फुलवरीयाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा मार्डर भन्सार कार्यालय सिरहामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको पचरौता नगरपालिका ४ स्थित ईनरुवाबाट मंसीर १२ गते एपीएफ टोलीले करीव एक लाख छ हजार रुपैयाँ बराबरको चोरीपैठारीको टुथपेष्ट बरामद गरेको छ । बीआर ०५ एबी १४७२ भारतीय नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त टुथपेष्ट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वेलदारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै सामान तथा मोटरसाईकल छाडी फरार भएका थिए ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित जंगल टोलबाट एपीएफ टोलीले मंसीर ११ गते करीव दुई लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलेक्ट्रोनिक्स सामान तथा प्रिन्टर सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक मानबहादुर शाहीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले मंसीर ११ गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ३ स्थित फुलवरीयाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा मार्डर भन्सार कार्यालय सिरहामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको पचरौता नगरपालिका ४ स्थित ईनरुवाबाट मंसीर १२ गते एपीएफ टोलीले करीव एक लाख छ हजार रुपैयाँ बराबरको चोरीपैठारीको टुथपेष्ट बरामद गरेको छ । बीआर ०५ एबी १४७२ भारतीय नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त टुथपेष्ट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वेलदारीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै सामान तथा मोटरसाईकल छाडी फरार भएका थिए ।