सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा साजको गोलिया काठसहित पक्राउ |
बाँके, बाँके जिल्लाको बैजनाथ गाउँपालिका २ स्थित पितमारीबाट मंसीर १० गते एपीएफ टोलीले करीव ८ क्यूफिट साजको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बैजनाथ गाउँपालिका ३ बस्ने ३६ वर्षिय चन्द्रबहादुर थारु छन् । सोही ठाउँको औद्योगिक क्षेत्र लिमिटेड नौवस्ताको नाममा रहेको जंगलमा काठ काटिरहेको अवस्थामा निज थारुलाई सशस्त्र प्रहरी बल, नेपाल जवान तालिम शिक्षालय नौवस्ताबाट खटिएको एपीएफ टोलीले उक्त साजको तीन वटा गोलिया काठ तथा उक्त काठ काट्न प्रयोग भएको आरासहित पक्राउ गरेको हो । एपीएफ टोलीले बरामद गोलिया काठ डिभिजन वन कार्यालय कोहलपुरबाट खटिएको टोलीलाई बुझाएको छ । |