Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपायासहित छ जना पक्राउरुपन्देही, रुपन्देही जिल्लाको देवदह नगरपालिका ९ स्थित घोडाहा ईलाकाबाट कार्तिक ३० गते एपीएफ टोलीले करिव २३ लाख ७३ हजार रुपैयाँ बराबरको चौपायासहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ बस्ने ४३ वर्षिय प्रेम पण्डित, काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ७ भिम ढुङ्गा बस्ने ३३ वर्षिय उमेश खत्री, दाङ्ग जिल्लाको गढवा गाँउपालिका ५ बस्ने २५ वर्षिय अभिषेक यादव, बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ बस्ने ३४ वर्षिय ईश्वर पाण्डे, सोही गाँउपालिका १५ बस्ने १९ वर्षिय दिलिप सुनाखर र १८ वर्षिय राजु सुनाखर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ५ ख ६६४१ नम्वरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको ६ सय ७८ बटा खसीसहित उनीहरलाई पक्राउ गरिएको हो । उनीहरु सो ट्रकका चालक तथा सहचालक हुन । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद खसी तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ । उक्त खसी तथा ट्रकको भन्सार मुल्य एक करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चौपायासहित छ जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको देवदह नगरपालिका ९ स्थित घोडाहा ईलाकाबाट कार्तिक ३० गते एपीएफ टोलीले करिव २३ लाख ७३ हजार रुपैयाँ बराबरको चौपायासहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ बस्ने ४३ वर्षिय प्रेम पण्डित, काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ७ भिम ढुङ्गा बस्ने ३३ वर्षिय उमेश खत्री, दाङ्ग जिल्लाको गढवा गाँउपालिका ५ बस्ने २५ वर्षिय अभिषेक यादव, बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ बस्ने ३४ वर्षिय ईश्वर पाण्डे, सोही गाँउपालिका १५ बस्ने १९ वर्षिय दिलिप सुनाखर र १८ वर्षिय राजु सुनाखर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ५ ख ६६४१ नम्वरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको ६ सय ७८ बटा खसीसहित उनीहरलाई पक्राउ गरिएको हो । उनीहरु सो ट्रकका चालक तथा सहचालक हुन । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद खसी तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ । उक्त खसी तथा ट्रकको भन्सार मुल्य एक करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।