Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामदकाठमाडौं, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ र मेचीनगर नगरपालिका १३ धाईजनबाट असोज १२ गते एपीएफ टोलीले करीब ५ लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, हार्डवेयरका सामान तथा किराना सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । यसैगरी बाँके जिल्लाको नरैनापुर गाँउपालिका ६ स्थित जमुनीबाट असोज १३ गते एपीएफ टोलीले करीब एक सय ५० क्वीन्टल चोरीनिकासीको केराउसहित एउटा ट्रयाक्टर बरामद गरेको छ । भे १ त ९७५४, भे १ त ५०१२ र भे १ त ७४७५ नम्बरको ट्रयाक्टरमा अवैध रुपले सेतो केराउ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गंगापुरबाट खटिएको एपीएफ टोलीले उक्त केराउसहित उल्लेखित ट्रयाक्टरसमेत बरामद गरेको हो । एपीएफ टोलीले बरामद ट्रयाक्टर तथा केराउ स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । ट्रयाक्टर र केराउको भन्सार दाखिला मूल्य २५ लाख ४७ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भोक्राहाबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको नरसिंह गाँउपालिका ६ फुलचोकबाट असोज १३ गते करीब दुई लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ र मेचीनगर नगरपालिका १३ धाईजनबाट असोज १२ गते एपीएफ टोलीले करीब ५ लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, हार्डवेयरका सामान तथा किराना सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । यसैगरी बाँके जिल्लाको नरैनापुर गाँउपालिका ६ स्थित जमुनीबाट असोज १३ गते एपीएफ टोलीले करीब एक सय ५० क्वीन्टल चोरीनिकासीको केराउसहित एउटा ट्रयाक्टर बरामद गरेको छ । भे १ त ९७५४, भे १ त ५०१२ र भे १ त ७४७५ नम्बरको ट्रयाक्टरमा अवैध रुपले सेतो केराउ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गंगापुरबाट खटिएको एपीएफ टोलीले उक्त केराउसहित उल्लेखित ट्रयाक्टरसमेत बरामद गरेको हो । एपीएफ टोलीले बरामद ट्रयाक्टर तथा केराउ स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । ट्रयाक्टर र केराउको भन्सार दाखिला मूल्य २५ लाख ४७ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भोक्राहाबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको नरसिंह गाँउपालिका ६ फुलचोकबाट असोज १३ गते करीब दुई लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।