Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट असोज ६ गते एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मेमोरीकार्ड, भाडावर्तन र चोरीनिकासी गर्न लागिएको मरिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अम्मरबहादुर खत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमकुमरा भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले असोज ६ गते करीव दुई लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालीझोडाबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित भुजहवा भन्ने स्थानबाट एपीएफ टोलीले असोज ६ गते करीव एक लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी धनुषा जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट असोज ६ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ । ज १० प १५८८ र ज १३ प १७६२ नम्बरको दुई वटा मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसेवला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग गरिएको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय धनुषामा बुझाएको छ । उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख २२ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट असोज ६ गते एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मेमोरीकार्ड, भाडावर्तन र चोरीनिकासी गर्न लागिएको मरिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अम्मरबहादुर खत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमकुमरा भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले असोज ६ गते करीव दुई लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालीझोडाबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित भुजहवा भन्ने स्थानबाट एपीएफ टोलीले असोज ६ गते करीव एक लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी धनुषा जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट असोज ६ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ । ज १० प १५८८ र ज १३ प १७६२ नम्बरको दुई वटा मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसेवला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग गरिएको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय धनुषामा बुझाएको छ । उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख २२ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।