Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा विभिन्न किसिमका अवैध सामाग्री बरामद |
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ बाट साउन १२ गते एपीएफ टोलीले करीव १ लाख ६२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका अवैध सामाग्री बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको कुर्ता सलवार, गुम्बामा प्रयोग हुने दियो, विभिन्न किसिमका तयारी पोशाक तथा थान कपडा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट सशस्त्र प्रहरी निरीक्षक चुनराज थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको एपीएफ टोलीले आईतबार विहान करीव २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको ८ कार्टुन स्याउ र ३६ डिब्बा हाजमोला सोही ठाउँबाट बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय काँकभिट्टामा बुझाएको छ । |