Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेबाट भाद्र १९ गते एपीएफ टोली र भन्सार कार्यालयको टोलीले करीव तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । चिनबाट अवैध रुपले भन्सार छलि नेपालर्फ ल्याई लुकाइ छिपाई राखेको अवस्थामा उल्लेखित मूल्य बराबरको जुत्ता ४ सय ५७ जोर, मोजा २ हजार ६ सय १६ जोर र चाईनिज युरिया मल एक सय के.जी. सशस्त्र प्रहरी बल, नेपाल नम्वर २१ गुल्म हेक्वा रसुवाबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालय रसुवाको टोलीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रसुवागढीमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको भोक्राहा नर्सिङ गाउँपालिका ६ फुल्चोकीबाट भाद्र २० गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुपैयाँ बराबरको लेडिज लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी वीरगंज महानगरपालिका १७ बाट एपीएफ टोलीले चोरीपैठारीको सामानसहित ना.४ ख १४९१ नम्बरको कन्टेनर ट्रक तथा सोका चालकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल एकीकृत जाँच चौकी बेसका सशस्त्र प्रहरी निरीक्षक सुरेश लामाको कमाण्डमा खटिएको एपीएफ टोलीले भदौं १९ गते राति उक्त ट्रक तथा चालकलाई पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले जाँच गर्दा चालकले प्रज्ञापन पत्र देखाउन नसकेको तथा उक्त गाडीको छतमा फिट गरेर अवैध ढंगले ल्याउँदै गरेको करीब एक लाख ५० हजार रुपैयाँ बराबरको ६ थान सोलार प्यानल भेटिएपछि उक्त ट्रकसहितै चालकलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले बरामद सोलार प्यानलसहित उक्त कन्टेनर ट्रक तथा सोका चालकलाई वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेबाट भाद्र १९ गते एपीएफ टोली र भन्सार कार्यालयको टोलीले करीव तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । चिनबाट अवैध रुपले भन्सार छलि नेपालर्फ ल्याई लुकाइ छिपाई राखेको अवस्थामा उल्लेखित मूल्य बराबरको जुत्ता ४ सय ५७ जोर, मोजा २ हजार ६ सय १६ जोर र चाईनिज युरिया मल एक सय के.जी. सशस्त्र प्रहरी बल, नेपाल नम्वर २१ गुल्म हेक्वा रसुवाबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालय रसुवाको टोलीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रसुवागढीमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको भोक्राहा नर्सिङ गाउँपालिका ६ फुल्चोकीबाट भाद्र २० गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुपैयाँ बराबरको लेडिज लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी वीरगंज महानगरपालिका १७ बाट एपीएफ टोलीले चोरीपैठारीको सामानसहित ना.४ ख १४९१ नम्बरको कन्टेनर ट्रक तथा सोका चालकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल एकीकृत जाँच चौकी बेसका सशस्त्र प्रहरी निरीक्षक सुरेश लामाको कमाण्डमा खटिएको एपीएफ टोलीले भदौं १९ गते राति उक्त ट्रक तथा चालकलाई पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले जाँच गर्दा चालकले प्रज्ञापन पत्र देखाउन नसकेको तथा उक्त गाडीको छतमा फिट गरेर अवैध ढंगले ल्याउँदै गरेको करीब एक लाख ५० हजार रुपैयाँ बराबरको ६ थान सोलार प्यानल भेटिएपछि उक्त ट्रकसहितै चालकलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले बरामद सोलार प्यानलसहित उक्त कन्टेनर ट्रक तथा सोका चालकलाई वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।