Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सर्लाही जिल्लाको कोडैना गाउँपालिका ४ बाट भाद्र ५ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त साइकलसहितै बरामद गरेको हो । त्यसवेला लत्ताकपडा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा साइकल छाडी भागेका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा साइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चाँदीको गहना, मोटर पार्टस् र लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बझाएको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ स्थित प्रितिपुर ईलाकाबाट एपीएफ टोलीले भाद्र ५ गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको कोडैना गाउँपालिका ४ बाट भाद्र ५ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त साइकलसहितै बरामद गरेको हो । त्यसवेला लत्ताकपडा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा साइकल छाडी भागेका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा साइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चाँदीको गहना, मोटर पार्टस् र लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बझाएको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ स्थित प्रितिपुर ईलाकाबाट एपीएफ टोलीले भाद्र ५ गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।