Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडों, कञ्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका १० स्थित झलारीबाट भाद्र ४ गते एपीएफ टोलीले करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा पाँच सय केजी चिनी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र अनार एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट भाद्र ४ गते एपीएफ टोलीले वेवारिसे अवस्थामा रहेको डब्लू बी ११ बी ८९९२ नम्बरको भारतीय ट्याङकर बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त ट्याङकर सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद ट्याङकर एपीएफ टोलीले आवश्यक कारवाहीको लागि विरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । उक्त ट्याङकरको भन्सार दाखिला मुल्य करीव २६ लाख रुपैया रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडों, कञ्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका १० स्थित झलारीबाट भाद्र ४ गते एपीएफ टोलीले करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा पाँच सय केजी चिनी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र अनार एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट भाद्र ४ गते एपीएफ टोलीले वेवारिसे अवस्थामा रहेको डब्लू बी ११ बी ८९९२ नम्बरको भारतीय ट्याङकर बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त ट्याङकर सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद ट्याङकर एपीएफ टोलीले आवश्यक कारवाहीको लागि विरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । उक्त ट्याङकरको भन्सार दाखिला मुल्य करीव २६ लाख रुपैया रहेको छ ।