Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट साउन २५ गते एपीएफ टोलीले करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । दुई वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा र मोटरसाइकल सोही ठाउँमा छडी फरार भएपछि लत्ताकपडासहित मोटरसाइकल समेत बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले साउन २५ गते करीब १ लाख ८२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ७ उजैनी चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/DglayUmmQpk=.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट साउन २५ गते एपीएफ टोलीले करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । दुई वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा र मोटरसाइकल सोही ठाउँमा छडी फरार भएपछि लत्ताकपडासहित मोटरसाइकल समेत बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले साउन २५ गते करीब १ लाख ८२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ७ उजैनी चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।