Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा फागुन ३० गते प्रधान कार्यालय हलचोक स्वयम्भूमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो संघका जेष्ठ सदस्यहरु तथा संगठनबाट सेवा निवृत्त भई विभिन्न कारणले सशस्त्र प्रहरी दिवस कार्यक्रममा उपस्थित हुन नसकेका कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गर्नुको साथै संघको E-Bulletin को बिमोचन समेत गर्नुभएको थियो । उहाँले जिम्मेवारी निर्वाहको क्रममा प्राणोत्सर्ग गर्नुहुने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुहुँदै घाईते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । महानिरीक्षक अर्यालले संगठनमा आवद्ध रहँदा अनुभव, शिक्षा, सीप र पेशागत दक्षतालाई संगठनको श्रीवृद्धिमा कुसल परिचालन गर्दै संगठनको लक्षित उद्देश्य हाँसिल गर्न उहाँहरुले बगाउनु भएको पसिना, लगनशिलता र सक्रियकताको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । नेपाल पूर्व सशस्त्र प्रहरी संघले बिभिन्न समयमा संगठनको पहिचान तथा प्रवद्र्धनमा पुर्‍याएको योगदान प्रशंसनिय रहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘विगत र वर्तमान जस्तै भविष्यमा पनि संघले समग्र राष्ट्र, संगठन र बहाल तथा आवकाश प्राप्त कर्मचारीहरुको हितमा आफ्ना पाईलाहरु अघि बढाउँदै लैजाने कुरामा म विश्वस्त रहेको छु ।’ उहाँले संगठनमा कार्यरत कर्मचारीहरु, अवकाश प्राप्त तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरु र आश्रित परिवारजनको हितमा विगत देखिनै कल्याणकारी कार्य संचालन गरिरहेको र अग्रजहरुबाट प्राप्त सुझाबहरुलाई समेत समेट्दै सांगठानिक विकास विस्तारमा निरन्तर लागिरहेको बताउनुभयो । संघका सल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले विगतमा कति सफलता प्राप्त गर्‍यौं र भोलीका दिनहरुमा कसरी अघि बढ्ने भन्ने कुराको योजना बनाउँदै गएमा सफलता मिल्ने बताउनुभयो । संघका अध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै अवकाश प्राप्त र बहालमा रहेका कर्मचारी एउटै परिवरका सदस्यहरु रहेको हुँदा एक आपसमा माया, स्नेह, सहयोग र सद्भाव जरुरी रहेको बताउनुभयो । उहाँले संगठनको विकास र विस्तार गर्न पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको समेत योगदान जरुरी रहेको बताउनुहुँदै वर्तमान नेतृत्वले अवकाश प्राप्त कर्मचारीहरुसँग भेटघाट र समस्या बुझ्ने कार्यको थालनी गर्नु सह्रानिय र स्वागतयोग्य रहेको बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक महेन्द्र कुमार भट्टचनले स्वागत मन्तव्य राख्नुहुँदै नेपाल पूर्व सशस्त्र प्रहरी संघको भवन गण्डकी प्रदेशमा निर्माण कार्य शुरु भएको हुँदा आगामी साधारण सभा उक्त प्रदेशमा राख्नुपर्ने प्रस्ताव गर्नुभयो । विशेष अतिथिहरु पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव बालकृष्ण प्रसाई, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति एवं पूर्व सहायक रथि दिगम्बर शम्शेर राणा, नेपाल पूर्व प्रहरी संगठनका बरिष्ठ उपाध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बिनोद सिंह, पूर्व राष्ट्रिय अनुसन्धान विभाग कर्मचारी संघका उपाध्यक्ष एवं पूर्व अनुसन्धान निर्देशक रबिन्द्र पण्डितले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघले हालसम्म चारवटा प्रदेशका १६ जिल्लामा कार्यकारी समिति गठन समेत गरिसकेको जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका महासचिव एवं नेपाल सरकारका पूर्व सह–सचिव तारानाथ सुवेदी लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, अवकाश प्राप्त बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/QvlbxfnU2YfACeMQVSiIxQ==.jpg
नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा
नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा फागुन ३० गते प्रधान कार्यालय हलचोक स्वयम्भूमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो संघका जेष्ठ सदस्यहरु तथा संगठनबाट सेवा निवृत्त भई विभिन्न कारणले सशस्त्र प्रहरी दिवस कार्यक्रममा उपस्थित हुन नसकेका कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गर्नुको साथै संघको E-Bulletin को बिमोचन समेत गर्नुभएको थियो । उहाँले जिम्मेवारी निर्वाहको क्रममा प्राणोत्सर्ग गर्नुहुने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुहुँदै घाईते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । महानिरीक्षक अर्यालले संगठनमा आवद्ध रहँदा अनुभव, शिक्षा, सीप र पेशागत दक्षतालाई संगठनको श्रीवृद्धिमा कुसल परिचालन गर्दै संगठनको लक्षित उद्देश्य हाँसिल गर्न उहाँहरुले बगाउनु भएको पसिना, लगनशिलता र सक्रियकताको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । नेपाल पूर्व सशस्त्र प्रहरी संघले बिभिन्न समयमा संगठनको पहिचान तथा प्रवद्र्धनमा पुर्‍याएको योगदान प्रशंसनिय रहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘विगत र वर्तमान जस्तै भविष्यमा पनि संघले समग्र राष्ट्र, संगठन र बहाल तथा आवकाश प्राप्त कर्मचारीहरुको हितमा आफ्ना पाईलाहरु अघि बढाउँदै लैजाने कुरामा म विश्वस्त रहेको छु ।’ उहाँले संगठनमा कार्यरत कर्मचारीहरु, अवकाश प्राप्त तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरु र आश्रित परिवारजनको हितमा विगत देखिनै कल्याणकारी कार्य संचालन गरिरहेको र अग्रजहरुबाट प्राप्त सुझाबहरुलाई समेत समेट्दै सांगठानिक विकास विस्तारमा निरन्तर लागिरहेको बताउनुभयो । संघका सल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले विगतमा कति सफलता प्राप्त गर्‍यौं र भोलीका दिनहरुमा कसरी अघि बढ्ने भन्ने कुराको योजना बनाउँदै गएमा सफलता मिल्ने बताउनुभयो । संघका अध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै अवकाश प्राप्त र बहालमा रहेका कर्मचारी एउटै परिवरका सदस्यहरु रहेको हुँदा एक आपसमा माया, स्नेह, सहयोग र सद्भाव जरुरी रहेको बताउनुभयो । उहाँले संगठनको विकास र विस्तार गर्न पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको समेत योगदान जरुरी रहेको बताउनुहुँदै वर्तमान नेतृत्वले अवकाश प्राप्त कर्मचारीहरुसँग भेटघाट र समस्या बुझ्ने कार्यको थालनी गर्नु सह्रानिय र स्वागतयोग्य रहेको बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक महेन्द्र कुमार भट्टचनले स्वागत मन्तव्य राख्नुहुँदै नेपाल पूर्व सशस्त्र प्रहरी संघको भवन गण्डकी प्रदेशमा निर्माण कार्य शुरु भएको हुँदा आगामी साधारण सभा उक्त प्रदेशमा राख्नुपर्ने प्रस्ताव गर्नुभयो । विशेष अतिथिहरु पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव बालकृष्ण प्रसाई, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति एवं पूर्व सहायक रथि दिगम्बर शम्शेर राणा, नेपाल पूर्व प्रहरी संगठनका बरिष्ठ उपाध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बिनोद सिंह, पूर्व राष्ट्रिय अनुसन्धान विभाग कर्मचारी संघका उपाध्यक्ष एवं पूर्व अनुसन्धान निर्देशक रबिन्द्र पण्डितले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघले हालसम्म चारवटा प्रदेशका १६ जिल्लामा कार्यकारी समिति गठन समेत गरिसकेको जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका महासचिव एवं नेपाल सरकारका पूर्व सह–सचिव तारानाथ सुवेदी लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, अवकाश प्राप्त बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।