Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम :-२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै अमर सशस्त्र प्रहरीहरुको पवित्र आत्माको चिरशान्तिको लागि अति आवश्यक पञ्चतत्वको परिपूर्ती गर्न सशस्त्र प्रहरी बल नेपालको ईष्टदेवी बगलामुखी मन्दिरबाट अग्नि ल्याई स्मृती वाटिकामा अखण्ड ज्योतीको रुपमा बलिरहने व्यवस्था समेत मिलाईएको छ । संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै उहाँहरुको साथ र सहयोगको श्रृखंला भविष्यमा समेत जारी रहेन विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवकहरुले राज्यप्रदत्त कार्यादेशहरु पुरा गर्न पुर्याएको अथक प्रयासहरुको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सिमित श्रोतसाधनका बावजुद हिमालको कठ्यांग्रीदो जाडो देखि तराईको गर्मीसम्म आफ्नो ज्यानको प्रवाह नगरी विविध सुरक्षा चुनौतीहरुको सामना गरी देशमा आईपर्ने प्राकृतिक एवं कृतिम विपत्ति, राज्यको सीमा सुरक्षा गर्न, शान्ति सु–व्यवस्था कायम गर्न र राजश्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न कार्यक्षेत्रमा पुर्याएएको योगदानको सह्राना गर्नुभयो । व्यावसायिकता, ईमान्दारिता र बफादारितालाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाई संगठनलाई राज्यले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो ‘राष्ट्रसेवा हाम्रो धर्म हो, यो एउटा अनुपम, अद्वित्तिय र गौरवपूर्ण पेशा हो ।’ प्रत्येक कमाण्डरले आफू स्वयम् नैतिकरुपमा चरित्रवान भई व्यावसायिकता र असल आचरणको नमुना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने विश्वास व्यक्त गर्नुहुँदै सकल दर्जाका राष्ट्रसेवकहरुले यही कुरालाई हृदयङ्गम गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले संगठनको बिकास विस्तार एवं सकल दर्जाको सेवा, सुविधा एवं बृत्तिविकासको लागि सम्बन्धित निकायहरुसँग निरन्तर पहल गरिरहेको बताउनुहुँदै संगठनका राष्ट्रसेवकहरुलाई श्रोतसाधनको सिमितताको निहुँमा आफ्नो कर्तव्यबाट बिमुख हुने छुट नरहेको उल्लेख गर्नुभयो । विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘वर्ष जवान–२०७९’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार दिर्घ नारायण पौडेललाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । कदर पत्र प्रदान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रभातकालिन विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपाललाई अनुकरणीय सहयोग पुर्याषउँदै आउनु भएका विभिन्न संघसंस्था तथा महानुभावहरुलाई उहाँहरुको सहयोगप्रति आभार प्रकट गर्दै कदरपत्र प्रदान गर्नुभएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ का समयमा नेपाल एपीएफ अस्पतालबाट महामारी पीडित नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा दिलाउनका लागि महत्वपूर्ण सहयोग पुर्यााउने विश्व स्वास्थ्य संगठनको कार्यालय नेपाल, पुल्चोक र अस्पतालको सेवालाई उत्कृष्ट बनाउन अनुकरणीय योगदान पुर्याेउने जि.आई.जेड. नेपाल सानेपा, ललितपुरलाई कदर पत्र प्रदान गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजना तथा सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा पोशाक, खेल सामाग्री लगायत विविध खेलकुद गतिविधिमा सहयोग पुर्या उने कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का प्रबन्ध निर्देशक उत्तम न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपालद्वारा निर्माण गरिने टेलिभिजन कार्यक्रम समर्पण राष्ट्रका लागिमा सहयोग पुर्यालउने कृष्ण पाण्डे, फ्रेञ्च भाषामा अध्ययन अध्यापन गराउन समन्वयकारी भूमिका निर्वाह गर्नुहुने अलायन्स फ्रँसेका उपनिर्देशक प्रविण बिक्रम राणा र प्रशिक्षक मुकेश श्रेष्ठलाई महानिरीक्षक अर्यालले कदरपत्र प्रदान गर्नुभयो । प्रभातकालिन विशेष समारोहमा विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु शैलेन्द्र खनाल, पुष्पराम के.सी., अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा सकल दर्जाका ४३ जना राष्ट्रसेवकहरुलाई सेवाकालिन योगदानको उच्च कदर गर्दै आगामी दिनमा सुझाव र सहकार्यको अपेक्षाका साथ कदरपत्र प्रदान गरिएको छ । कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक स्व.निर्मल गुरुङ्गको स्मृतीमा सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतहरुद्वारा स्थापित २ लाख ५० हजार राशीको स्व.निर्मल गुरुङ्ग स्मृती अक्षयकोषबाट वहाँकी आमालाई २५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ । ब्याज र कदर पत्र सहित IG APF Commendation विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पुर्या उनु हुने व्यक्ति तथा संघसंस्थालाई संगठनबाट यसै वर्षदेखि पहिलो पटक शुरुवात गरिएको कदर पत्र सहितको IG APF Commendation ब्याज संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहबिर थापा लगायत ३१ जना महानुभावहरुलाई र पेशागत दक्षता प्रदर्शन गर्दै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशिराज दाहाल लगायत ३६ जना राष्ट्रसेवकहरुलाई कदर पत्र सहितको IG APF Commendation ब्याज प्रदान गर्नुभयो । एपीएफ सम्मान कर्तव्य पालनाकै सिलसिलामा सशस्त्र द्वन्द्व ताका घाईते भई उपचाररत सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित र २०७९ साल माघ १ गते भएको विमान दुर्घटनामा कठीन पूर्ण उद्दारमा खटिएर उत्कृष्ट कार्य गरेका ७ जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई एपीएफ सम्मानद्वारा सम्मानित गरिएको छ । बिशेष बढुवा खेलकुदको माध्यमबाट राष्ट्र र संगठनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका १६ जना खेलाडी सशस्त्र प्रहरी जवानहरुलाई सोही समारोहमा एक तह विशेष बढुवाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । रनिङ्ग अवार्ड सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हे.क्वा. दोलखा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट, कप्तानगंज सुनसरीलाई रनिङ्ग अवार्ड प्रदान गर्नुभयो । बिभूषण सुशोभन सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न मितिमा संविधान दिवसका अवसरमा घोषित बिभूषणहरु मध्ये सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अलंकार र पदक प्राप्त गर्ने ६६ जना राष्ट्रसेवकहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही समारोहमा बिभूषणबाट सुशोभन गर्नुभयो । यसकासाथै वार्षिकोत्वसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हाल्दै गर्दा अवकाश प्राप्त विशिष्ट अधिकृतहरुको परिकल्पनालाई समेत समेटि सेवा सुविधामा निम्न क्षेत्रहरुलाई पहिचाहान गरी सुधार गर्दै लैजाने पहलकदमी लिएको बताउनुभयो । जस अन्तर्गत :– नीतिगत सुधारका क्षेत्रहरु क. विद्यमान ऐन तथा नियमावलीमा समय सापेक्ष परिमार्जन गर्दै सकल दर्जाको वृत्ति विकासको लागि निश्चित अवधी पश्चात् स्वतः बढुवा हुने पद्धती विकास गरी मौजुदा दरबन्दीमा थप दरबन्दी स्वीकृत गराई जवानमा भर्ना भएको व्यक्ती जुनियर अधिकृत सम्म र सिनियर अधिकृतमा भर्ना भएको व्यक्ति कम्तीमा प्रथम श्रेणीको अधिकृत सम्म पुग्ने अवस्था सिर्जना गर्ने साथै जुनियर अधिकृत र अन्य दर्जाको पेन्सन अवधि परिमार्जन गर्न नियम पुनरावलोकन कार्य थालनी भएको । ख. सशस्त्र प्रहरी कर्मचारीले गर्ने कार्य सम्पादनलाई कानूनी मान्यता प्रदान गराउन आवश्यक देखिएकोले विद्यमान संघिय ऐनहरुमा संशोधन गर्नका लागि आवश्यक पहल गर्ने कार्य संगठनले सुरु गरीसकेको । ग. सशस्त्र प्रहरी नियमावली २०७२ को अनुसुची १५ मा संशोधन गरी उक्त महलमा ट्रयाक्सुट, स्पोर्टस् जुत्ता, डाउन ज्याकेट, हिमाली चुस्ता लगायतका फ्री– स्केलका सामाग्रीहरु थप गरि बजेट समेत विनियोजित भई खरिद प्रकृया अगाडि बढाईएको । साथै हिमाली क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागी मौसम अनुसारको पोशाक तथा भौतिक पूर्वाधारका लागि यथोचित बजेट विनियोजन गराउन पहल गरीएको । घ. एपिएफ कमान्ड तथा स्टाफ कलेजलाई वृत्तिविकाससंग जोड्नुका साथै प्रत्येक दर्जामा अनिवार्य तालिम पश्चात् मात्र बढुवा हुने गरी वृत्तिविकास योजनामा पुनरावलोकन गरिने । हरेक दर्जामा अनिवार्य प्रतिस्पर्धात्मक तालिम पश्चात् मात्र बढुवा हुने प्रणालीको विकास गर्ने नीति संगठनले लिएको साथै वैदेशिक तालिम छनौटलाई पारदर्शी एवं न्यायोचित बनाउन निर्देशिका तर्जुमा गर्ने कार्य गरीएको । ङ. सशस्त्र प्रहरी कर्मचारी र अन्य सुरक्षा निकायका सोही दर्जाका कर्मचारी बीच रहेको ग्रेड संख्याको असमानता हटाउने लगायतका कार्यहरुमा संगठनले गृहकार्य गरिरहेको। च. Digital Border Concept लागु गर्नको लागि सीमामा थप CC Camera लगायत आधुनिक प्रविधिको व्यवस्था गरी खुला सीमानाको मोनिटरिङ्ग Digital Wall मार्फत गरिने साथै Border Area Development Program -BADP सञ्चालनका लागि आवश्यक पहल र जग्गा तथा भौतिक संरचना नभएका ९१ वटा विओपीका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्न संगठन लागिरहेको । छ. विकट हिमाली तथा पहाडी क्षेत्रमा Supply Chain Maintain गरी विविध Operation एवं उद्धार कार्यका लागि तुरुन्त परिचालन हुन सक्ने गरी Heli– Support को उपलब्धताको लागि आवश्यक पहल गर्ने योजना लिईएको । ज. सीमा सुरक्षा विभागको पुनस्र्थापना सँगै प्रभावकारी सीमा व्यवस्थापनका लागि Border Research and Resource Center को स्थापना, सीमापार अपराध सम्बन्धी सूचना आदान प्रदान गर्न हटलाईनको व्यवस्था, सीमामा Dedicated Force बनाउने लक्ष्य अनुरुप Reinforcement Plan तर्जुमा गरी थप जनशक्ती परिचालन गरिएको । नापी विभागसँग समन्वय गरि Strip Map प्राप्त गर्नको साथै “सीमा स्तम्भ मर्मत सम्बन्धी कार्यविधी“ र “सीमा निगरानी समूह स्थापना सम्बन्धी कार्यविधी तयार गरी स्वीकृतिको चरणमा रहेको । झ. FPU छनौट निर्देशिकामा संशोधन गरी ज्येष्ठताका आधारमा मिसन जान पाउने नितिगत व्यवस्था गरिएको छ र उत्कृष्ट कोटा अन्तर्गत न्यूनतम १५ वर्ष सेवा अवधि पुगेकालाई छनौट गर्ने व्यवस्था मिलाईएको । संस्थागत सुधारका क्षेत्रहरु क. सशस्त्र प्रहरी बल, नेपालका कार्यादेशहरुलाई BIRD Concept अनुरूप प्राथमिकिकरण गरी कार्य गर्ने निती अनुरुप Border Security, Internal Security, Riot and Mob Management र Disaster Risk Reduction मा क्षमता विस्तार गरीने । ख. आर्थिक अनुशासन, पारदर्शीता र मितव्ययिताको अवधारणा अनुरुप आर्थिक बेरुजु शुन्य बनाउने नीति अवलम्बन गरिएको र संगठनका कामकारवाहीहरु तल्लो तहसम्म जानकारी होस् भन्ने उद्देश्यले नियमित रुपमा समर्पण एपीएफ मासिक पत्रिका प्रकाशित गरी सबै कार्यालयहरुमा वितरणको व्यवस्था मिलाईएको । गुनासो व्यवस्थापन गर्नको लागी वेवसाईटमा कमेन्ट बक्सको अवधारणा ल्याई हटलाईन टेलिफोनहरुको व्यवस्था गरी गुनासोहरु सिधै सचिवालयमा आउने व्यवस्था मिलाईएको । ग. दण्ड र पुरस्कारको नीति अनुरुप राज्यबाट प्राप्त मानपदवी विभूषण तथा पदक बाहेक संगठनबाट प्रदान गरिने सम्मानलाई आवश्यक नीति तर्जुमा गर्दै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा संगठनको लागि विशिष्ठ योगदान पुर्याशउने सर्वसाधारणलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नको लागि ‘सशस्त्र प्रहरी बल नेपाल पुरस्कार तथा सम्मान कार्यविधि २०७९’ मजकुर गृह मन्त्रालयबाट स्वीकृत भई आजैबाट कार्यान्वयन गरिएको । घ. सीमा क्षेत्रमा हुने चोरी तस्करी लगायतका अपराधिक गतिविधिको नियन्त्रण गरि राजश्व वृद्धि गर्न समकक्षी सुरक्षाकर्मीहरुबीच समन्वय हुने संयन्त्र खडा गरि विओपीहरुको वर्गीकरण गर्दै जवाफदेहीता सहितको प्रभावकारी कार्य सञ्चालन गर्न सक्ने बनाउन Intelligence–Based Border Security को अवधारणा अनुरुप विओपी तहसम्म ईन्टेलिजेन्स ब्यूरोबाट सशस्त्र प्रहरी कर्मचारीहरुलाई परिचालन गरी युनिटहरुले आफूखुशी साधा पोषाकका कर्मचारी खटाउने कार्यलाई पूर्णतः निपेध गर्ने व्यवस्था मिलाईएको । ङ. सरुवालाई ISC Concept अनुरुप अधिकृतहरुलाई Instructor, Staff र Command मा क्रमिक रुपमा सरुवा गर्ने, काज तथा सरुवालाई न्यायोचित एवं पुर्वानुमान योग्य बनाउन आवश्यक मापदण्ड लागू गरिएको जसअनुसार सम्बन्धित कर्मचारीहरुको प्राथमिकता सूचि अनुसार सरुवा गर्ने र कमाण्डमा जाने अधिकृतहरुको पुर्वानुमान सूचि प्रकाशीत गरी सोही अनुसार सरुवा गर्ने कार्यको शूरुवात गर्नुका अतिरीक्त सेवामा रहेका जु. अ. तथा विल्लादार जवानका श्रीमान÷श्रीमतीलाई सम्भव भएसम्म एउटै यूनिटमा सरुवा गर्नुका साथै अनिवार्य अवकाशपूर्व एक वर्ष अगावै घरपायक यूनिट सरुवा गर्ने निती लिईएको । च. व्यावसायिक ज्ञान अभिवृद्धि गर्ने हेतुले प्रशिक्षक पुल तयार गर्नको लागी समिति गठन गरि १५ दिनभित्र कार्यविधि तयार गरिने । छ. अवकास हुन लागेका कर्मचारीहरुको सीप सहित अवकास कार्यक्रम अन्तर्गत सीप बिकास तालिमको सुरुवात गरीसकिएको र यसलाई निरन्तरता दिईने । ज. संगठनको Institutional Memory लाई प्रविधियुक्त बनाउने र विदा प्रणालीलाई Digitized गर्ने कार्यको शुरुवात गरिएको । झ. संगठन भित्र हुने निर्माण कार्यको स्तरीयता, गुणस्तर र एकरुपताका लागि जग्गा प्राप्ती तथा निर्माण सम्बन्धी कार्यविधि २०७९ पारित भई सोही अनुरुप निर्माण कार्यहरु गरिने । संरचनागत सुधारका क्षेत्रहरु क. २२८ विओपिहरु विस्तार भईसकेको तथा ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल भौतिक पूर्वाधार नभएकोले पुर्वाधार निर्माण गर्ने कार्य सुरु गरीएको एवं लामो समयदेखि जनशक्ति थप नभएकोले प्राप्त कार्यादेशलाई प्रभावकारी ढंगबाट सम्पादन गर्न कठिनाई हुनुका साथै कर्मचारीहरुको वृत्तिविकासमा पनि गम्भिर असर परेकोले दरबन्दी थप गर्न प्रकृया अगाडि बढाईएको । ख. आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरी र कैलालीमा विपद व्यवस्थापन सम्बन्धि तालिम शिक्षालय स्थापना गर्ने घोषणा अनुरुप आवश्यक बजेट व्यवस्था, गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा उल्लेख भए अनुसार सशस्त्र प्रहरी बल, नेपालमा रेल्वे सुरक्षा गुल्म स्थापना, प्रति आतंकवाद सेल स्थापना, ६ वटा तालिम शिक्षालयको स्तरोन्नति र १७ वटा आश्रित गुल्मलाई अनाश्रित बनाउन साथै हाल संगठनमा रहेका ७.६२ मि.मि.का हतियारलाई प्रतिस्थापन गर्नको लागि संगठनले आवश्यक पहल गरिरहेको । ग. नेपाल एपिएफ स्कुल समेत प्रादेशीक रुपमा स्थापना गर्दै लैजाने नीति रहेको । घ. संगठनमा espirit de corps को भावना अभिवृद्धि गर्न विओपिदेखि बाहिनी स्तर सम्म तहगत रुपमा संचालन गर्नुपर्ने कार्यहरुको सुझाव दिन कार्य विभाग प्रमुखको अध्यक्षतामा बोर्ड गठन गरि बाहिनी, गण गुल्म सेमु र सेक्सन सम्मको फर्मेशन बलियो बनाउने कार्य प्रारम्भ गरिएको । ड. गोताखोर, फायर फाईटर लगाएतका जोखिमयुक्त काममा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई जोखिम भत्ताको व्यवस्था, मुल्यवृद्धिको तुलनामा राशन वापतको रकमको पुनरावलोकनका लागि समेत पहल गरिएको छ । प्रशिक्षक भत्ता वितरण सुरु गरिएको । च. सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा Post Graduate Diploma सञ्चालनको लागि स्वीकृति प्राप्त भई आवश्यक तयारी भईरहेको जानकारी गराउँदै भविश्यमा यसलाई वृत्ति विकासमा समावेश गर्ने योजना रहेको । छ. प्राकृतिक तथा गैर प्राकृतिक विपद् पश्चात्को उद्दारलाई व्यवस्थित गर्न मजकुर गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हरेक प्रदेशमा Mass Casualty Vehicle र सुविधासम्पन्न ब्mदगबिलअभ सहितको टोली परिचालन गरिसकिएको तथा हिमाली क्षेत्रको परिचालनलाई प्रभावकारी बनाउन पर्वतिय तालिम शिक्षालयमा आवश्यकता अनुसार Mountain Rescue Training सञ्चालन गर्दै कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयलाई प्राज्ञिक थलोको रुपमा बिकास गर्ने योजना रहेको । सशस्त्र प्रहरी कर्मचारीहरु, सेवानिवृत्त सशस्त्र प्रहरी कर्मचारी, सशस्त्र प्रहरी परिवार र अमर सशस्त्र प्रहरी परिवारको लागि कल्याणकारी कार्य उपलब्ध सीमित श्रोतहरुको अधिकतम् उपयोग गरी विगतमा घोषणा गरी लागू गरिएका कल्याणकारी कार्यहरुलाई निरन्तरता दिँदै यस वर्ष पनि केही नयाँ कार्यक्रमहरुको थालनी गरिएको । – स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी काम गरिने, जस अन्तर्गत हस्पिटल सुधार र विस्तार गरी सबै सशस्त्र प्रहरी कर्मचारीहरुलाई सुलभ एवं सहज पहुँच गराई क्रमश निशुल्क उपचारको व्यवस्था गरीने । – पश्चिम अफ्रिकी मुलुक माली स्थित MINSUMA मिसनमा १४० जनाको Formed Police Unit -FPU_ March 2023 मा परिचालन गरीने । – फ्रेन्च मिसनको लागि योग्य सशस्त्र प्रहरी कर्मचारीहरु तयार पार्ने उद्देश्यले फ्रेन्च भाषा अध्ययनको व्यवस्था मिलाईएको । – सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा भूतपूर्व कर्मचारीहरुलाई विभिन्न उपचार शुल्कमा सहुलियत प्रदान गर्न सशस्त्र प्रहरी परिवार महिला संघ र विभिन्न अस्पतालहरु बीच सम्झौता भएको । – एपीएफ अस्पतालको सेवाको थप प्रभावकारीता, सहजता तथा पृष्ठपोषणका लागि Help Desk को स्थापना गरिएको । – सबै प्रदेशमा Field Hospital विस्तार गर्ने लक्ष्य अनुरूप आजैबाट सुभारम्भ गरीएको । – एपीएफ अस्पतालमा डायलासिस तथा प्रसुती सेवा उपलब्ध गराउन आवश्यक तयारी गरिएको साथै CTEVT बाट मान्यता प्राप्त Health Assistance, Nursing, Lab Technician कोर्ष सन्चालन गर्नको लागि प्रकृया अगाडी बढाईएको । – टेली मेडिसीन सेवा सञ्चालन गर्नको लागि आवश्यक तयारी गरिएको । HOT LINE NUMBER समेत प्रदान गरीएको र सो नम्बरमा कल गरेर उक्त सुविधा लिन सकिने । – सशस्त्र प्रहरी कर्मचारीहरुका पूर्ण रुपले अपाङ्ग सन्ततीका लागि वार्षिक १० हजार राहत प्रदान गर्ने निर्णय गरिएको । – एब्द्यक्इल् सँग आवद्ध नेपाल भरका हरेक विद्यालयहरुमा ११ र १२ कक्षामा भर्ना तथा मासिक शुल्कमा अमर सशस्त्र प्रहरी कर्मचारीका सन्ततीलाई पूर्ण र अवकास प्राप्त एवं वहालवाला सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी वरिष्ठ नायव निरिक्षकसम्मका सन्ततीलाई ५० प्रतिशत छुट प्रदान गर्ने गरी सशस्त्र प्रहरी परिवार महिला संघ र एब्द्यक्इल् बीच सम्झौता भई कार्यान्वयनमा आईसकेको र हाल सम्म ३ जनाले सुविधा लिईरहेका ् । – हाल सिनियर अधिकृतलाई मात्र उपलब्ध हुने सवारी साधन (चारपाङ्ग्रे) कर्जा जुनियर अधिकृतलाई पनि उपलब्ध गराउने व्यवस्था मिलाईएको । – विल्लादार जवान तथा परिचरलाई आवास कर्जा उपलब्ध गराउन शुरुवात गरिएको । – कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सुविधालाई ध्यानमा राख्दै उनीहरुको लागि स्तरीय मेश निर्माण कार्यलाई अभियानकै रुपमा अगाडि बढाईएको । – राष्ट्रसेवक कर्मचारीहरुका लागि १०ः१ को अनुपातमा शौचालय तथा स्नानकक्ष निर्माण गर्ने अभियानलाई पनि अगाडी बढाइएको । – सरुवा, काज, तालिम र वेशमा जाँदा वेड विस्तारा वोकेर जानुपर्ने बाध्यतालाई हटाउन हाल सम्म ११ हजार ६ सय १६ वटा वेडिङ्गको व्यवस्था गरिसकिएको र यो कार्यलाई २०७९ सालभित्रै सम्पन्न गर्ने लक्ष्य लिईएको । – गुल्मस्तरसम्म मन्टेश्वरी कक्षा सहितका शिशु स्याहार केन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप हालसम्म ६१ वटा शिशु स्याहार केन्द्रको स्थापना गरिसकिएको र यसलाई निरन्तर अगाडी बढाईने । – हरेक वाहिनी अन्तर्गत उत्कृष्ट कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक रुपमा जनही १० हजार भत्ता सहितको पारिवारिक भ्रमणको व्यवस्था गरिएको । – नेपाल बिद्युत प्राधिकरणसँग सम्झौता गरी विभिन्न १७ स्थानमा Electric Vehicle Charging Station र सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरुमा विद्युतीय चुल्हो उपयोग गर्न अनुकूल हुने गरी बिजुलीको फेज बढाउने कार्य प्रारम्भ गरीएको, जस अन्तर्गत पोखरामा चाँडै नै सुरुवात हुने । – निवृत्तिभरणमा जाने सशस्त्र प्रहरी कर्मचारीको सुविधा एवं सहजताका लागि प्रधान कार्यालयमा Help desk को स्थापना गरिएको । – कर्मचारीहरुले आफ्नो जेष्ठताक्रम, लत्ताकपडा सम्बन्धि विवरण तथा पोशाक र जुत्ताको साईजका साथै व्यक्तिगत गुनासो समेत दर्ता गराउन सक्ने नयाँ APF Mobile Application लागू गरिएको । – निकट भविष्यमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरु संग सम्झौता गरी वार्षिक एक लाख सम्मको स्वास्थ्य बिमा गरिने प्रकृया अगाडि बढाईएको । जस अन्तर्गत क्यान्सर, मृगौला रोग जस्ता घातक रोगको उपचारको लागि वार्षिक १० लाखसम्मको उपचार खर्चको बिमादाबी गर्न सकिने । सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा सशस्त्र प्रहरी गठन सुझाव कार्यदलका अध्यक्ष पूर्वसचिव खेमराज रेग्मी, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, उपरथी डा.अरुण न्यौपाने, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
/uploads/news/eBzz2qcPN03OI1HqOhpr1Q==.jpg
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम :-
२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै अमर सशस्त्र प्रहरीहरुको पवित्र आत्माको चिरशान्तिको लागि अति आवश्यक पञ्चतत्वको परिपूर्ती गर्न सशस्त्र प्रहरी बल नेपालको ईष्टदेवी बगलामुखी मन्दिरबाट अग्नि ल्याई स्मृती वाटिकामा अखण्ड ज्योतीको रुपमा बलिरहने व्यवस्था समेत मिलाईएको छ । संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै उहाँहरुको साथ र सहयोगको श्रृखंला भविष्यमा समेत जारी रहेन विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवकहरुले राज्यप्रदत्त कार्यादेशहरु पुरा गर्न पुर्याएको अथक प्रयासहरुको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सिमित श्रोतसाधनका बावजुद हिमालको कठ्यांग्रीदो जाडो देखि तराईको गर्मीसम्म आफ्नो ज्यानको प्रवाह नगरी विविध सुरक्षा चुनौतीहरुको सामना गरी देशमा आईपर्ने प्राकृतिक एवं कृतिम विपत्ति, राज्यको सीमा सुरक्षा गर्न, शान्ति सु–व्यवस्था कायम गर्न र राजश्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न कार्यक्षेत्रमा पुर्याएएको योगदानको सह्राना गर्नुभयो । व्यावसायिकता, ईमान्दारिता र बफादारितालाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाई संगठनलाई राज्यले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो ‘राष्ट्रसेवा हाम्रो धर्म हो, यो एउटा अनुपम, अद्वित्तिय र गौरवपूर्ण पेशा हो ।’ प्रत्येक कमाण्डरले आफू स्वयम् नैतिकरुपमा चरित्रवान भई व्यावसायिकता र असल आचरणको नमुना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने विश्वास व्यक्त गर्नुहुँदै सकल दर्जाका राष्ट्रसेवकहरुले यही कुरालाई हृदयङ्गम गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले संगठनको बिकास विस्तार एवं सकल दर्जाको सेवा, सुविधा एवं बृत्तिविकासको लागि सम्बन्धित निकायहरुसँग निरन्तर पहल गरिरहेको बताउनुहुँदै संगठनका राष्ट्रसेवकहरुलाई श्रोतसाधनको सिमितताको निहुँमा आफ्नो कर्तव्यबाट बिमुख हुने छुट नरहेको उल्लेख गर्नुभयो । विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘वर्ष जवान–२०७९’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार दिर्घ नारायण पौडेललाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । कदर पत्र प्रदान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रभातकालिन विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपाललाई अनुकरणीय सहयोग पुर्याषउँदै आउनु भएका विभिन्न संघसंस्था तथा महानुभावहरुलाई उहाँहरुको सहयोगप्रति आभार प्रकट गर्दै कदरपत्र प्रदान गर्नुभएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ का समयमा नेपाल एपीएफ अस्पतालबाट महामारी पीडित नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा दिलाउनका लागि महत्वपूर्ण सहयोग पुर्यााउने विश्व स्वास्थ्य संगठनको कार्यालय नेपाल, पुल्चोक र अस्पतालको सेवालाई उत्कृष्ट बनाउन अनुकरणीय योगदान पुर्याेउने जि.आई.जेड. नेपाल सानेपा, ललितपुरलाई कदर पत्र प्रदान गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजना तथा सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा पोशाक, खेल सामाग्री लगायत विविध खेलकुद गतिविधिमा सहयोग पुर्या उने कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का प्रबन्ध निर्देशक उत्तम न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपालद्वारा निर्माण गरिने टेलिभिजन कार्यक्रम समर्पण राष्ट्रका लागिमा सहयोग पुर्यालउने कृष्ण पाण्डे, फ्रेञ्च भाषामा अध्ययन अध्यापन गराउन समन्वयकारी भूमिका निर्वाह गर्नुहुने अलायन्स फ्रँसेका उपनिर्देशक प्रविण बिक्रम राणा र प्रशिक्षक मुकेश श्रेष्ठलाई महानिरीक्षक अर्यालले कदरपत्र प्रदान गर्नुभयो । प्रभातकालिन विशेष समारोहमा विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु शैलेन्द्र खनाल, पुष्पराम के.सी., अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा सकल दर्जाका ४३ जना राष्ट्रसेवकहरुलाई सेवाकालिन योगदानको उच्च कदर गर्दै आगामी दिनमा सुझाव र सहकार्यको अपेक्षाका साथ कदरपत्र प्रदान गरिएको छ । कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक स्व.निर्मल गुरुङ्गको स्मृतीमा सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतहरुद्वारा स्थापित २ लाख ५० हजार राशीको स्व.निर्मल गुरुङ्ग स्मृती अक्षयकोषबाट वहाँकी आमालाई २५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ । ब्याज र कदर पत्र सहित IG APF Commendation विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पुर्या उनु हुने व्यक्ति तथा संघसंस्थालाई संगठनबाट यसै वर्षदेखि पहिलो पटक शुरुवात गरिएको कदर पत्र सहितको IG APF Commendation ब्याज संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहबिर थापा लगायत ३१ जना महानुभावहरुलाई र पेशागत दक्षता प्रदर्शन गर्दै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशिराज दाहाल लगायत ३६ जना राष्ट्रसेवकहरुलाई कदर पत्र सहितको IG APF Commendation ब्याज प्रदान गर्नुभयो । एपीएफ सम्मान कर्तव्य पालनाकै सिलसिलामा सशस्त्र द्वन्द्व ताका घाईते भई उपचाररत सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित र २०७९ साल माघ १ गते भएको विमान दुर्घटनामा कठीन पूर्ण उद्दारमा खटिएर उत्कृष्ट कार्य गरेका ७ जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई एपीएफ सम्मानद्वारा सम्मानित गरिएको छ । बिशेष बढुवा खेलकुदको माध्यमबाट राष्ट्र र संगठनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सफल तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका १६ जना खेलाडी सशस्त्र प्रहरी जवानहरुलाई सोही समारोहमा एक तह विशेष बढुवाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । रनिङ्ग अवार्ड सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हे.क्वा. दोलखा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट, कप्तानगंज सुनसरीलाई रनिङ्ग अवार्ड प्रदान गर्नुभयो । बिभूषण सुशोभन सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न मितिमा संविधान दिवसका अवसरमा घोषित बिभूषणहरु मध्ये सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अलंकार र पदक प्राप्त गर्ने ६६ जना राष्ट्रसेवकहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही समारोहमा बिभूषणबाट सुशोभन गर्नुभयो । यसकासाथै वार्षिकोत्वसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हाल्दै गर्दा अवकाश प्राप्त विशिष्ट अधिकृतहरुको परिकल्पनालाई समेत समेटि सेवा सुविधामा निम्न क्षेत्रहरुलाई पहिचाहान गरी सुधार गर्दै लैजाने पहलकदमी लिएको बताउनुभयो । जस अन्तर्गत :– नीतिगत सुधारका क्षेत्रहरु क. विद्यमान ऐन तथा नियमावलीमा समय सापेक्ष परिमार्जन गर्दै सकल दर्जाको वृत्ति विकासको लागि निश्चित अवधी पश्चात् स्वतः बढुवा हुने पद्धती विकास गरी मौजुदा दरबन्दीमा थप दरबन्दी स्वीकृत गराई जवानमा भर्ना भएको व्यक्ती जुनियर अधिकृत सम्म र सिनियर अधिकृतमा भर्ना भएको व्यक्ति कम्तीमा प्रथम श्रेणीको अधिकृत सम्म पुग्ने अवस्था सिर्जना गर्ने साथै जुनियर अधिकृत र अन्य दर्जाको पेन्सन अवधि परिमार्जन गर्न नियम पुनरावलोकन कार्य थालनी भएको । ख. सशस्त्र प्रहरी कर्मचारीले गर्ने कार्य सम्पादनलाई कानूनी मान्यता प्रदान गराउन आवश्यक देखिएकोले विद्यमान संघिय ऐनहरुमा संशोधन गर्नका लागि आवश्यक पहल गर्ने कार्य संगठनले सुरु गरीसकेको । ग. सशस्त्र प्रहरी नियमावली २०७२ को अनुसुची १५ मा संशोधन गरी उक्त महलमा ट्रयाक्सुट, स्पोर्टस् जुत्ता, डाउन ज्याकेट, हिमाली चुस्ता लगायतका फ्री– स्केलका सामाग्रीहरु थप गरि बजेट समेत विनियोजित भई खरिद प्रकृया अगाडि बढाईएको । साथै हिमाली क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागी मौसम अनुसारको पोशाक तथा भौतिक पूर्वाधारका लागि यथोचित बजेट विनियोजन गराउन पहल गरीएको । घ. एपिएफ कमान्ड तथा स्टाफ कलेजलाई वृत्तिविकाससंग जोड्नुका साथै प्रत्येक दर्जामा अनिवार्य तालिम पश्चात् मात्र बढुवा हुने गरी वृत्तिविकास योजनामा पुनरावलोकन गरिने । हरेक दर्जामा अनिवार्य प्रतिस्पर्धात्मक तालिम पश्चात् मात्र बढुवा हुने प्रणालीको विकास गर्ने नीति संगठनले लिएको साथै वैदेशिक तालिम छनौटलाई पारदर्शी एवं न्यायोचित बनाउन निर्देशिका तर्जुमा गर्ने कार्य गरीएको । ङ. सशस्त्र प्रहरी कर्मचारी र अन्य सुरक्षा निकायका सोही दर्जाका कर्मचारी बीच रहेको ग्रेड संख्याको असमानता हटाउने लगायतका कार्यहरुमा संगठनले गृहकार्य गरिरहेको। च. Digital Border Concept लागु गर्नको लागि सीमामा थप CC Camera लगायत आधुनिक प्रविधिको व्यवस्था गरी खुला सीमानाको मोनिटरिङ्ग Digital Wall मार्फत गरिने साथै Border Area Development Program -BADP सञ्चालनका लागि आवश्यक पहल र जग्गा तथा भौतिक संरचना नभएका ९१ वटा विओपीका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्न संगठन लागिरहेको । छ. विकट हिमाली तथा पहाडी क्षेत्रमा Supply Chain Maintain गरी विविध Operation एवं उद्धार कार्यका लागि तुरुन्त परिचालन हुन सक्ने गरी Heli– Support को उपलब्धताको लागि आवश्यक पहल गर्ने योजना लिईएको । ज. सीमा सुरक्षा विभागको पुनस्र्थापना सँगै प्रभावकारी सीमा व्यवस्थापनका लागि Border Research and Resource Center को स्थापना, सीमापार अपराध सम्बन्धी सूचना आदान प्रदान गर्न हटलाईनको व्यवस्था, सीमामा Dedicated Force बनाउने लक्ष्य अनुरुप Reinforcement Plan तर्जुमा गरी थप जनशक्ती परिचालन गरिएको । नापी विभागसँग समन्वय गरि Strip Map प्राप्त गर्नको साथै “सीमा स्तम्भ मर्मत सम्बन्धी कार्यविधी“ र “सीमा निगरानी समूह स्थापना सम्बन्धी कार्यविधी तयार गरी स्वीकृतिको चरणमा रहेको । झ. FPU छनौट निर्देशिकामा संशोधन गरी ज्येष्ठताका आधारमा मिसन जान पाउने नितिगत व्यवस्था गरिएको छ र उत्कृष्ट कोटा अन्तर्गत न्यूनतम १५ वर्ष सेवा अवधि पुगेकालाई छनौट गर्ने व्यवस्था मिलाईएको । संस्थागत सुधारका क्षेत्रहरु क. सशस्त्र प्रहरी बल, नेपालका कार्यादेशहरुलाई BIRD Concept अनुरूप प्राथमिकिकरण गरी कार्य गर्ने निती अनुरुप Border Security, Internal Security, Riot and Mob Management र Disaster Risk Reduction मा क्षमता विस्तार गरीने । ख. आर्थिक अनुशासन, पारदर्शीता र मितव्ययिताको अवधारणा अनुरुप आर्थिक बेरुजु शुन्य बनाउने नीति अवलम्बन गरिएको र संगठनका कामकारवाहीहरु तल्लो तहसम्म जानकारी होस् भन्ने उद्देश्यले नियमित रुपमा समर्पण एपीएफ मासिक पत्रिका प्रकाशित गरी सबै कार्यालयहरुमा वितरणको व्यवस्था मिलाईएको । गुनासो व्यवस्थापन गर्नको लागी वेवसाईटमा कमेन्ट बक्सको अवधारणा ल्याई हटलाईन टेलिफोनहरुको व्यवस्था गरी गुनासोहरु सिधै सचिवालयमा आउने व्यवस्था मिलाईएको । ग. दण्ड र पुरस्कारको नीति अनुरुप राज्यबाट प्राप्त मानपदवी विभूषण तथा पदक बाहेक संगठनबाट प्रदान गरिने सम्मानलाई आवश्यक नीति तर्जुमा गर्दै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा संगठनको लागि विशिष्ठ योगदान पुर्याशउने सर्वसाधारणलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नको लागि ‘सशस्त्र प्रहरी बल नेपाल पुरस्कार तथा सम्मान कार्यविधि २०७९’ मजकुर गृह मन्त्रालयबाट स्वीकृत भई आजैबाट कार्यान्वयन गरिएको । घ. सीमा क्षेत्रमा हुने चोरी तस्करी लगायतका अपराधिक गतिविधिको नियन्त्रण गरि राजश्व वृद्धि गर्न समकक्षी सुरक्षाकर्मीहरुबीच समन्वय हुने संयन्त्र खडा गरि विओपीहरुको वर्गीकरण गर्दै जवाफदेहीता सहितको प्रभावकारी कार्य सञ्चालन गर्न सक्ने बनाउन Intelligence–Based Border Security को अवधारणा अनुरुप विओपी तहसम्म ईन्टेलिजेन्स ब्यूरोबाट सशस्त्र प्रहरी कर्मचारीहरुलाई परिचालन गरी युनिटहरुले आफूखुशी साधा पोषाकका कर्मचारी खटाउने कार्यलाई पूर्णतः निपेध गर्ने व्यवस्था मिलाईएको । ङ. सरुवालाई ISC Concept अनुरुप अधिकृतहरुलाई Instructor, Staff र Command मा क्रमिक रुपमा सरुवा गर्ने, काज तथा सरुवालाई न्यायोचित एवं पुर्वानुमान योग्य बनाउन आवश्यक मापदण्ड लागू गरिएको जसअनुसार सम्बन्धित कर्मचारीहरुको प्राथमिकता सूचि अनुसार सरुवा गर्ने र कमाण्डमा जाने अधिकृतहरुको पुर्वानुमान सूचि प्रकाशीत गरी सोही अनुसार सरुवा गर्ने कार्यको शूरुवात गर्नुका अतिरीक्त सेवामा रहेका जु. अ. तथा विल्लादार जवानका श्रीमान÷श्रीमतीलाई सम्भव भएसम्म एउटै यूनिटमा सरुवा गर्नुका साथै अनिवार्य अवकाशपूर्व एक वर्ष अगावै घरपायक यूनिट सरुवा गर्ने निती लिईएको । च. व्यावसायिक ज्ञान अभिवृद्धि गर्ने हेतुले प्रशिक्षक पुल तयार गर्नको लागी समिति गठन गरि १५ दिनभित्र कार्यविधि तयार गरिने । छ. अवकास हुन लागेका कर्मचारीहरुको सीप सहित अवकास कार्यक्रम अन्तर्गत सीप बिकास तालिमको सुरुवात गरीसकिएको र यसलाई निरन्तरता दिईने । ज. संगठनको Institutional Memory लाई प्रविधियुक्त बनाउने र विदा प्रणालीलाई Digitized गर्ने कार्यको शुरुवात गरिएको । झ. संगठन भित्र हुने निर्माण कार्यको स्तरीयता, गुणस्तर र एकरुपताका लागि जग्गा प्राप्ती तथा निर्माण सम्बन्धी कार्यविधि २०७९ पारित भई सोही अनुरुप निर्माण कार्यहरु गरिने । संरचनागत सुधारका क्षेत्रहरु क. २२८ विओपिहरु विस्तार भईसकेको तथा ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल भौतिक पूर्वाधार नभएकोले पुर्वाधार निर्माण गर्ने कार्य सुरु गरीएको एवं लामो समयदेखि जनशक्ति थप नभएकोले प्राप्त कार्यादेशलाई प्रभावकारी ढंगबाट सम्पादन गर्न कठिनाई हुनुका साथै कर्मचारीहरुको वृत्तिविकासमा पनि गम्भिर असर परेकोले दरबन्दी थप गर्न प्रकृया अगाडि बढाईएको । ख. आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरी र कैलालीमा विपद व्यवस्थापन सम्बन्धि तालिम शिक्षालय स्थापना गर्ने घोषणा अनुरुप आवश्यक बजेट व्यवस्था, गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा उल्लेख भए अनुसार सशस्त्र प्रहरी बल, नेपालमा रेल्वे सुरक्षा गुल्म स्थापना, प्रति आतंकवाद सेल स्थापना, ६ वटा तालिम शिक्षालयको स्तरोन्नति र १७ वटा आश्रित गुल्मलाई अनाश्रित बनाउन साथै हाल संगठनमा रहेका ७.६२ मि.मि.का हतियारलाई प्रतिस्थापन गर्नको लागि संगठनले आवश्यक पहल गरिरहेको । ग. नेपाल एपिएफ स्कुल समेत प्रादेशीक रुपमा स्थापना गर्दै लैजाने नीति रहेको । घ. संगठनमा espirit de corps को भावना अभिवृद्धि गर्न विओपिदेखि बाहिनी स्तर सम्म तहगत रुपमा संचालन गर्नुपर्ने कार्यहरुको सुझाव दिन कार्य विभाग प्रमुखको अध्यक्षतामा बोर्ड गठन गरि बाहिनी, गण गुल्म सेमु र सेक्सन सम्मको फर्मेशन बलियो बनाउने कार्य प्रारम्भ गरिएको । ड. गोताखोर, फायर फाईटर लगाएतका जोखिमयुक्त काममा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई जोखिम भत्ताको व्यवस्था, मुल्यवृद्धिको तुलनामा राशन वापतको रकमको पुनरावलोकनका लागि समेत पहल गरिएको छ । प्रशिक्षक भत्ता वितरण सुरु गरिएको । च. सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा Post Graduate Diploma सञ्चालनको लागि स्वीकृति प्राप्त भई आवश्यक तयारी भईरहेको जानकारी गराउँदै भविश्यमा यसलाई वृत्ति विकासमा समावेश गर्ने योजना रहेको । छ. प्राकृतिक तथा गैर प्राकृतिक विपद् पश्चात्को उद्दारलाई व्यवस्थित गर्न मजकुर गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हरेक प्रदेशमा Mass Casualty Vehicle र सुविधासम्पन्न ब्mदगबिलअभ सहितको टोली परिचालन गरिसकिएको तथा हिमाली क्षेत्रको परिचालनलाई प्रभावकारी बनाउन पर्वतिय तालिम शिक्षालयमा आवश्यकता अनुसार Mountain Rescue Training सञ्चालन गर्दै कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयलाई प्राज्ञिक थलोको रुपमा बिकास गर्ने योजना रहेको । सशस्त्र प्रहरी कर्मचारीहरु, सेवानिवृत्त सशस्त्र प्रहरी कर्मचारी, सशस्त्र प्रहरी परिवार र अमर सशस्त्र प्रहरी परिवारको लागि कल्याणकारी कार्य उपलब्ध सीमित श्रोतहरुको अधिकतम् उपयोग गरी विगतमा घोषणा गरी लागू गरिएका कल्याणकारी कार्यहरुलाई निरन्तरता दिँदै यस वर्ष पनि केही नयाँ कार्यक्रमहरुको थालनी गरिएको । – स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी काम गरिने, जस अन्तर्गत हस्पिटल सुधार र विस्तार गरी सबै सशस्त्र प्रहरी कर्मचारीहरुलाई सुलभ एवं सहज पहुँच गराई क्रमश निशुल्क उपचारको व्यवस्था गरीने । – पश्चिम अफ्रिकी मुलुक माली स्थित MINSUMA मिसनमा १४० जनाको Formed Police Unit -FPU_ March 2023 मा परिचालन गरीने । – फ्रेन्च मिसनको लागि योग्य सशस्त्र प्रहरी कर्मचारीहरु तयार पार्ने उद्देश्यले फ्रेन्च भाषा अध्ययनको व्यवस्था मिलाईएको । – सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा भूतपूर्व कर्मचारीहरुलाई विभिन्न उपचार शुल्कमा सहुलियत प्रदान गर्न सशस्त्र प्रहरी परिवार महिला संघ र विभिन्न अस्पतालहरु बीच सम्झौता भएको । – एपीएफ अस्पतालको सेवाको थप प्रभावकारीता, सहजता तथा पृष्ठपोषणका लागि Help Desk को स्थापना गरिएको । – सबै प्रदेशमा Field Hospital विस्तार गर्ने लक्ष्य अनुरूप आजैबाट सुभारम्भ गरीएको । – एपीएफ अस्पतालमा डायलासिस तथा प्रसुती सेवा उपलब्ध गराउन आवश्यक तयारी गरिएको साथै CTEVT बाट मान्यता प्राप्त Health Assistance, Nursing, Lab Technician कोर्ष सन्चालन गर्नको लागि प्रकृया अगाडी बढाईएको । – टेली मेडिसीन सेवा सञ्चालन गर्नको लागि आवश्यक तयारी गरिएको । HOT LINE NUMBER समेत प्रदान गरीएको र सो नम्बरमा कल गरेर उक्त सुविधा लिन सकिने । – सशस्त्र प्रहरी कर्मचारीहरुका पूर्ण रुपले अपाङ्ग सन्ततीका लागि वार्षिक १० हजार राहत प्रदान गर्ने निर्णय गरिएको । – एब्द्यक्इल् सँग आवद्ध नेपाल भरका हरेक विद्यालयहरुमा ११ र १२ कक्षामा भर्ना तथा मासिक शुल्कमा अमर सशस्त्र प्रहरी कर्मचारीका सन्ततीलाई पूर्ण र अवकास प्राप्त एवं वहालवाला सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी वरिष्ठ नायव निरिक्षकसम्मका सन्ततीलाई ५० प्रतिशत छुट प्रदान गर्ने गरी सशस्त्र प्रहरी परिवार महिला संघ र एब्द्यक्इल् बीच सम्झौता भई कार्यान्वयनमा आईसकेको र हाल सम्म ३ जनाले सुविधा लिईरहेका ् । – हाल सिनियर अधिकृतलाई मात्र उपलब्ध हुने सवारी साधन (चारपाङ्ग्रे) कर्जा जुनियर अधिकृतलाई पनि उपलब्ध गराउने व्यवस्था मिलाईएको । – विल्लादार जवान तथा परिचरलाई आवास कर्जा उपलब्ध गराउन शुरुवात गरिएको । – कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सुविधालाई ध्यानमा राख्दै उनीहरुको लागि स्तरीय मेश निर्माण कार्यलाई अभियानकै रुपमा अगाडि बढाईएको । – राष्ट्रसेवक कर्मचारीहरुका लागि १०ः१ को अनुपातमा शौचालय तथा स्नानकक्ष निर्माण गर्ने अभियानलाई पनि अगाडी बढाइएको । – सरुवा, काज, तालिम र वेशमा जाँदा वेड विस्तारा वोकेर जानुपर्ने बाध्यतालाई हटाउन हाल सम्म ११ हजार ६ सय १६ वटा वेडिङ्गको व्यवस्था गरिसकिएको र यो कार्यलाई २०७९ सालभित्रै सम्पन्न गर्ने लक्ष्य लिईएको । – गुल्मस्तरसम्म मन्टेश्वरी कक्षा सहितका शिशु स्याहार केन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप हालसम्म ६१ वटा शिशु स्याहार केन्द्रको स्थापना गरिसकिएको र यसलाई निरन्तर अगाडी बढाईने । – हरेक वाहिनी अन्तर्गत उत्कृष्ट कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक रुपमा जनही १० हजार भत्ता सहितको पारिवारिक भ्रमणको व्यवस्था गरिएको । – नेपाल बिद्युत प्राधिकरणसँग सम्झौता गरी विभिन्न १७ स्थानमा Electric Vehicle Charging Station र सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरुमा विद्युतीय चुल्हो उपयोग गर्न अनुकूल हुने गरी बिजुलीको फेज बढाउने कार्य प्रारम्भ गरीएको, जस अन्तर्गत पोखरामा चाँडै नै सुरुवात हुने । – निवृत्तिभरणमा जाने सशस्त्र प्रहरी कर्मचारीको सुविधा एवं सहजताका लागि प्रधान कार्यालयमा Help desk को स्थापना गरिएको । – कर्मचारीहरुले आफ्नो जेष्ठताक्रम, लत्ताकपडा सम्बन्धि विवरण तथा पोशाक र जुत्ताको साईजका साथै व्यक्तिगत गुनासो समेत दर्ता गराउन सक्ने नयाँ APF Mobile Application लागू गरिएको । – निकट भविष्यमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरु संग सम्झौता गरी वार्षिक एक लाख सम्मको स्वास्थ्य बिमा गरिने प्रकृया अगाडि बढाईएको । जस अन्तर्गत क्यान्सर, मृगौला रोग जस्ता घातक रोगको उपचारको लागि वार्षिक १० लाखसम्मको उपचार खर्चको बिमादाबी गर्न सकिने । सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा सशस्त्र प्रहरी गठन सुझाव कार्यदलका अध्यक्ष पूर्वसचिव खेमराज रेग्मी, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, उपरथी डा.अरुण न्यौपाने, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।