Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गृृहमन्त्रीबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापनकाठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तेश्रो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को फाल्गुण १५ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापाले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक भरत खनियालाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो । गृहमन्त्री थापाले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गर्नुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश उप्रेतीलाई वेष्ट एकेडेमीक अवार्ड प्रदान गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज अर्याललाई बेष्ट रिसर्च अवार्ड प्रदान गर्नुभयो । गृहमन्त्री थापाले सो अवसरमा उक्त कोर्ष पश्चात एपीएफ अधिकृतहरुको व्यावसायिक दक्षतामा अभिवृद्धि भई आत्मविश्वास बढ्नुकासाथै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामकना गर्न उक्त कोर्ष कोशेढुंगा सावित हुने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत सो कोर्ष उपयोगी रहने बताउनुभयो । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई मानवअधिकारको रक्षा गर्दै अनुशासित, बफादार र कर्तव्यनिष्ठ भई राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले कार्यक्षेत्रमा खटिदा यस्ता कोर्षबाट प्राप्त ज्ञान तथा अनुभवको उच्चतम उपयोग गर्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले शैक्षिक ज्ञान र व्यावसायिक दक्षताले सफलता प्राप्तितर्फ लैजाने चर्चा गर्नुहँुदै अप्ठेरो अवस्थामा सहि निर्णय गर्न सक्षम अधिकृत निर्माणमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सहयोगीसिद्ध हुने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालयबाट प्राप्त भएको निर्देशन तथा त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुहुँदै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालयको सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताउनुभयो । सोही समारोहमा गृहमन्त्री थापाले एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिवलाल भुसाल, प्रा.डा. रमेशराज कुँवर र सहप्राध्यापक डा. सरदचन्द्र ठाकुरलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । गत साल असोज चार गतेबाट संचालित १८ महिना अवधिको सो कोर्षमा १९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका थिए । सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा विज्ञहरुद्वारा प्रशिक्षण दिइएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
/uploads/news/5c76b1f96e567.JPG
गृृहमन्त्रीबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तेश्रो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को फाल्गुण १५ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापाले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक भरत खनियालाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो । गृहमन्त्री थापाले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गर्नुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश उप्रेतीलाई वेष्ट एकेडेमीक अवार्ड प्रदान गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज अर्याललाई बेष्ट रिसर्च अवार्ड प्रदान गर्नुभयो । गृहमन्त्री थापाले सो अवसरमा उक्त कोर्ष पश्चात एपीएफ अधिकृतहरुको व्यावसायिक दक्षतामा अभिवृद्धि भई आत्मविश्वास बढ्नुकासाथै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामकना गर्न उक्त कोर्ष कोशेढुंगा सावित हुने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत सो कोर्ष उपयोगी रहने बताउनुभयो । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई मानवअधिकारको रक्षा गर्दै अनुशासित, बफादार र कर्तव्यनिष्ठ भई राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले कार्यक्षेत्रमा खटिदा यस्ता कोर्षबाट प्राप्त ज्ञान तथा अनुभवको उच्चतम उपयोग गर्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले शैक्षिक ज्ञान र व्यावसायिक दक्षताले सफलता प्राप्तितर्फ लैजाने चर्चा गर्नुहँुदै अप्ठेरो अवस्थामा सहि निर्णय गर्न सक्षम अधिकृत निर्माणमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सहयोगीसिद्ध हुने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालयबाट प्राप्त भएको निर्देशन तथा त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुहुँदै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालयको सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताउनुभयो । सोही समारोहमा गृहमन्त्री थापाले एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिवलाल भुसाल, प्रा.डा. रमेशराज कुँवर र सहप्राध्यापक डा. सरदचन्द्र ठाकुरलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । गत साल असोज चार गतेबाट संचालित १८ महिना अवधिको सो कोर्षमा १९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका थिए । सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा विज्ञहरुद्वारा प्रशिक्षण दिइएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।