Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गुल्मपति तथा स्टाफ तालिम र प्रशासनिक व्यवस्थापन तालिम संचालनकाठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार १३ गतेदेखि सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं १ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ । सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच पानसमा द्धिप प्रज्वलन गरी प्रथम प्रवचन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुले तालिमलाई एउटा महत्वपूर्ण सिक्ने अवसरको रुपमा लिनुपर्ने बताउनुहुँदै यस्ता व्यावसायिक तालिमले सुरक्षाकर्मीहरुलाई चुस्त, दुरुस्त, अनुशासित र ईमान्दार बनाई राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी वहन गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नसक्ने सक्षम अधिकृत उत्पादनमा विशेष सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिममा ३२ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ५ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र २७ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल ३२ जना अधिकृतहरुको सहभागिता रहेको छ । सिसिएससी तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, बिभिन्न ऐन नियम, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरु तथा प्रशासनिक व्यवस्थापन तालिममा कार्यालय व्यवस्थापन प्रणाली, सशस्त्र प्रहरी बल नेपालको संरचना, चिठीपत्र, संचार, माईन्यूटीङ अभिलेख व्यवस्थापन, गुनासो व्यवस्थापन, काउन्सिलिङ्ग लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने त्यवअवसरमा जानकारी गराईएको थियो ।
/uploads/news/pTXORMtRqRGyZMcVYogzcA==.jpg
गुल्मपति तथा स्टाफ तालिम र प्रशासनिक व्यवस्थापन तालिम संचालन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार १३ गतेदेखि सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं १ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ । सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच पानसमा द्धिप प्रज्वलन गरी प्रथम प्रवचन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुले तालिमलाई एउटा महत्वपूर्ण सिक्ने अवसरको रुपमा लिनुपर्ने बताउनुहुँदै यस्ता व्यावसायिक तालिमले सुरक्षाकर्मीहरुलाई चुस्त, दुरुस्त, अनुशासित र ईमान्दार बनाई राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी वहन गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नसक्ने सक्षम अधिकृत उत्पादनमा विशेष सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिममा ३२ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ५ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र २७ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल ३२ जना अधिकृतहरुको सहभागिता रहेको छ । सिसिएससी तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, बिभिन्न ऐन नियम, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरु तथा प्रशासनिक व्यवस्थापन तालिममा कार्यालय व्यवस्थापन प्रणाली, सशस्त्र प्रहरी बल नेपालको संरचना, चिठीपत्र, संचार, माईन्यूटीङ अभिलेख व्यवस्थापन, गुनासो व्यवस्थापन, काउन्सिलिङ्ग लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने त्यवअवसरमा जानकारी गराईएको थियो ।