सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ |
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ चाँदनी चोकबाट जेठ ५ गते सशस्त्र प्रहरीले ४ लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको भगाहा नगरपालिका २ बस्ने ३१ बर्षिय रन्जित चौधरी र भारतमा घर बताउने ३३ बर्षिय संजय कुमार प्रजापति छन् । मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको उनीहरुले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुबै जनालाई बरामद भारतीय रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । |