Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट प्रशासनिक व्यवस्थापन तालिमको उद्घाटनकाठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. ५ प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फागुन ९ गते सोही प्रतिष्ठानमा आयोजिक एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रशासनिक कामकारवाहीहरु चुस्त, दुरुस्त र त्रुटिरहित ढंगबाट संचालन गर्नसक्ने व्यावसायिक अधिकृत उत्पादनको लागि यस्ता तालिम सहयोगी हुने बताउनुभयो । उहाँले संगठनको लक्ष्य प्राप्तीमा यस्ता व्यावसायिक तालिमले महत्वपूर्ण भूमिका खेल्ने चर्चा समेत गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य तथा तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक ई. प्रजाभक्त श्रेष्ठले कुनै पनि फौजी संगठनमा प्रशासनिक व्यवस्थापनको ठूलो महत्व रहने चर्चा गर्नुहुँदै चुस्त प्रशासन तथा सवल व्यवस्थापनका लागि यस्ता तालिम अपरिहार्य रहेको बताउनुभयो । एक महिना अवधिको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ७ जना तथा सशस्त्र प्रहरी निरीक्षक २२ जना गरी कूल २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
{ /images/misc/no-image.jpg }
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट प्रशासनिक व्यवस्थापन तालिमको उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. ५ प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फागुन ९ गते सोही प्रतिष्ठानमा आयोजिक एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रशासनिक कामकारवाहीहरु चुस्त, दुरुस्त र त्रुटिरहित ढंगबाट संचालन गर्नसक्ने व्यावसायिक अधिकृत उत्पादनको लागि यस्ता तालिम सहयोगी हुने बताउनुभयो । उहाँले संगठनको लक्ष्य प्राप्तीमा यस्ता व्यावसायिक तालिमले महत्वपूर्ण भूमिका खेल्ने चर्चा समेत गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य तथा तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक ई. प्रजाभक्त श्रेष्ठले कुनै पनि फौजी संगठनमा प्रशासनिक व्यवस्थापनको ठूलो महत्व रहने चर्चा गर्नुहुँदै चुस्त प्रशासन तथा सवल व्यवस्थापनका लागि यस्ता तालिम अपरिहार्य रहेको बताउनुभयो । एक महिना अवधिको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ७ जना तथा सशस्त्र प्रहरी निरीक्षक २२ जना गरी कूल २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।