Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सातौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटनकाठमाडौं, एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने सातौ समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले प्रवेश परिक्षा पास गरी उक्त कोर्षमा छनोट भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सफलताको शुभकामना दिनुभयो। उहाँले सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व तथा व्यवस्थापकीय क्षमतामा निखारपन ल्याई सांगठनिक लक्ष्य प्राप्तीका लागि सो कोर्ष भविष्यमा कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो । महानिरीक्षक के.सी.ले सो कोर्षमा सहभागी सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै उदाहरणीय नेतृत्व प्रदान गरी आफ्ना सहकर्मीहरुलाई उत्प्रेरित गर्दै सांगठनिक लक्ष्य प्राप्तीमा समेत पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा सक्षम र सफल रहने उल्लेख गर्नुभयो । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै निरन्तर रुपले संचालन गर्दै आईरहेको सो कोर्ष कोभिड–१९ महामारीको समयमा समेत सफलतापूर्वक संचालन गर्नमा सहयोग पुर्‍याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो । समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै निरन्तर रुपले कोर्ष संचालन गर्दै सो कोर्ष मार्फत सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा योगदान पु¥याएको चर्चा गर्नुहुँदै उक्त कोर्षको विविध पक्षबारे समेत प्रकाश पार्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको सो कोर्ष पश्चात राष्ट्रिय सुरक्षा तथा ग्लोबल सुरक्षा चुनौतीहरुको सहज रुपले सामना गरी सांगठनिक बिकासमा योगदान पुर्‍याउन सक्ने सक्षम अधिकृत उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय उक्त कलेजको क्षमता विकासमा हरतवरले सहयोग पुर्‍याउँदै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । सो कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । प्रवेश परिक्षा एक सेमेष्टर रहेको तथा बाँकी तीन सेमेष्टर सो कलेजमा संचालन हुने उक्त सातौं समूहको कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक १ जना तथा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना सहभागी हुनेछन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेशक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/XqoIlJlvYeC3Y0+6eH8IiA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सातौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन
काठमाडौं, एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने सातौ समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले प्रवेश परिक्षा पास गरी उक्त कोर्षमा छनोट भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सफलताको शुभकामना दिनुभयो। उहाँले सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व तथा व्यवस्थापकीय क्षमतामा निखारपन ल्याई सांगठनिक लक्ष्य प्राप्तीका लागि सो कोर्ष भविष्यमा कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो । महानिरीक्षक के.सी.ले सो कोर्षमा सहभागी सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै उदाहरणीय नेतृत्व प्रदान गरी आफ्ना सहकर्मीहरुलाई उत्प्रेरित गर्दै सांगठनिक लक्ष्य प्राप्तीमा समेत पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा सक्षम र सफल रहने उल्लेख गर्नुभयो । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै निरन्तर रुपले संचालन गर्दै आईरहेको सो कोर्ष कोभिड–१९ महामारीको समयमा समेत सफलतापूर्वक संचालन गर्नमा सहयोग पुर्‍याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो । समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै निरन्तर रुपले कोर्ष संचालन गर्दै सो कोर्ष मार्फत सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा योगदान पु¥याएको चर्चा गर्नुहुँदै उक्त कोर्षको विविध पक्षबारे समेत प्रकाश पार्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको सो कोर्ष पश्चात राष्ट्रिय सुरक्षा तथा ग्लोबल सुरक्षा चुनौतीहरुको सहज रुपले सामना गरी सांगठनिक बिकासमा योगदान पुर्‍याउन सक्ने सक्षम अधिकृत उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय उक्त कलेजको क्षमता विकासमा हरतवरले सहयोग पुर्‍याउँदै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । सो कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । प्रवेश परिक्षा एक सेमेष्टर रहेको तथा बाँकी तीन सेमेष्टर सो कलेजमा संचालन हुने उक्त सातौं समूहको कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक १ जना तथा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना सहभागी हुनेछन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेशक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।