Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा अवकाश पूर्व बिशेष बढुवा हुनुभएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रदान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २२ गते आयोजित एक समारोहमा उल्लेखित पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँहरुले आफ्नो जीवनको स्वर्णिम समय राष्ट्र र नागरिकको सेवा, सुरक्षामा व्यतित गरी सांगठानिक बिकासमा पु¥याएको योगदान प्रति हार्दिक आभार प्रकट गर्नुहँुदै उहाँहरुको कार्यसम्पादनको क्रममा प्रदर्शन गरेको कार्यदक्षताको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो । उहाँले संगठनमा नियुक्ति तथा अवकाश निरन्तर चलिरहने एउटा प्रक्रिया रहेको उल्लेख गर्नुहुँदै बढुवा हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुुहुँदै अवकाश पश्चात समेत उहाँहरुले आ–आफ्नो ठाउँबाट संगठनको श्रीबृद्धिका लागि बिभिन्न सहयोग, सुझाब तथा सल्लाह निरन्तर रुपमा प्रदान गरिरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक खनालले उहाँहरुको अवकाश पछिको जीवन सुखमय रहोस भन्ने सुभेक्च्छा व्यक्त गर्नुहँुदै उहाँहरुले संगठनमा विभिन्न नियुक्तिमा रहेर मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको कुशल नेतृव्व तथा प्रशिक्षण र परिचालनले सशस्त्र प्रहरी बल नेपालको नाम उच्च बनाएको उल्लेख गर्नुहुँदै संगठनका नेतृत्व तहले समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकासमा ध्यान पु¥याउँदै नेपाल एपीएफ अस्पताल मार्फत स्वास्थ्य सेवा प्रदान, नेपाल एपीएफ स्कुलमार्फत सन्ततीका लागि उच्च स्तरीय शिक्षा प्रदान गर्नुका साथै समयानुकुल विविध कल्याणकारी योजनाहरु तर्जुमा गर्दै अगाडी बढिरहेको बताउनुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको चैत्र ७ र १५ गतेको निर्णयले उहाँहरु सो पदमा बिषेश बढुवा हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/ez4Fg5+IFnXCmNvyWHCqyA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा अवकाश पूर्व बिशेष बढुवा हुनुभएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रदान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २२ गते आयोजित एक समारोहमा उल्लेखित पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँहरुले आफ्नो जीवनको स्वर्णिम समय राष्ट्र र नागरिकको सेवा, सुरक्षामा व्यतित गरी सांगठानिक बिकासमा पु¥याएको योगदान प्रति हार्दिक आभार प्रकट गर्नुहँुदै उहाँहरुको कार्यसम्पादनको क्रममा प्रदर्शन गरेको कार्यदक्षताको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो । उहाँले संगठनमा नियुक्ति तथा अवकाश निरन्तर चलिरहने एउटा प्रक्रिया रहेको उल्लेख गर्नुहुँदै बढुवा हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुुहुँदै अवकाश पश्चात समेत उहाँहरुले आ–आफ्नो ठाउँबाट संगठनको श्रीबृद्धिका लागि बिभिन्न सहयोग, सुझाब तथा सल्लाह निरन्तर रुपमा प्रदान गरिरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक खनालले उहाँहरुको अवकाश पछिको जीवन सुखमय रहोस भन्ने सुभेक्च्छा व्यक्त गर्नुहँुदै उहाँहरुले संगठनमा विभिन्न नियुक्तिमा रहेर मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको कुशल नेतृव्व तथा प्रशिक्षण र परिचालनले सशस्त्र प्रहरी बल नेपालको नाम उच्च बनाएको उल्लेख गर्नुहुँदै संगठनका नेतृत्व तहले समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकासमा ध्यान पु¥याउँदै नेपाल एपीएफ अस्पताल मार्फत स्वास्थ्य सेवा प्रदान, नेपाल एपीएफ स्कुलमार्फत सन्ततीका लागि उच्च स्तरीय शिक्षा प्रदान गर्नुका साथै समयानुकुल विविध कल्याणकारी योजनाहरु तर्जुमा गर्दै अगाडी बढिरहेको बताउनुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको चैत्र ७ र १५ गतेको निर्णयले उहाँहरु सो पदमा बिषेश बढुवा हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।