सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ |
सिराह, सिराह जिल्लाको लहान नगरपालिका १ स्थित मटिअर्वाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ बर्षिय दिलिप कुमार साहलाई पक्राउ गरेको छ । विषेश सूचानाको आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा रहेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । |