सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
लाखौँको सामान सशस्त्र प्रहरीद्धारा बरामद |
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट चैत्र १ गते सशस्त्र प्रहरीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चिसो पेय पदार्थ र खाने तेल बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला २ वटा भारतीय नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ । यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र १ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला एउटा मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान तथा मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट फागुन ३० गते सशस्त्र प्रहरीले करीव ३४ लाख ३० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक सामान बरामद गरेको छ । बि आर २२ जि ए ४९१६ नम्बरको पिकअप गाडी र ना ३ ख १८८४ नम्बरको ट्रकमा राखेर आई सि पी गेटबाट वीरगंजतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसवेला उक्त दूबै गाडी समेत बरामद गरिएको छ । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त गाडीको भन्सार दाखिला मुल्य ३२ लाख रुपैयाँ रहेको छ । |