Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

निर्वाचनको लागि मानसिक र शारीरिक रुपले तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निस्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हे.क्वा, श्रीअन्तु इलामको नवनिर्मीत भवनको बुधबार उद्घाटन गर्नुहुँदै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी पुरा गर्न समेत निर्देशन दिनुभयो । सोही दिन उहाँले नम्बर ३८ रिजर्भ गण हे.क्वा, लखनपुर झापाको समेत उद्घाटन गर्नुहुँदै फौजको गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखी संगठन र राष्ट्रप्रति ईमान्दार, बफादार, नैतिकवान, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

कोभिड–१९ नियन्त्रण र रोकथाममा संगठनले हाँसिल गरेको सफलता फिल्डमा तैनाथ राष्ट्रसेवक कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउनुहुँदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।

संगठनका सकलदर्जाले देखाएको ईमान्दारीता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्नु हुँदै उहाँले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भए पश्चात राजश्व संकलनमा बृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महशुस गरेको बताउनुभयो ।

राष्ट्रनसेवक कर्मचारीहरु ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला देखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुले देखि दार्चुलाको छाङ्गरुसम्म अहोरात्र तैनाथ भईरहेको र विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकोमा प्रसंसा गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्ला स्थित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

/uploads/news/622ade0c71fb3.jpg