Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कर्णाली प्रदेशमा महिला स्वास्थ्य सम्बन्धि प्रशिक्षण आयोजना सुर्खेत, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, कर्णाली प्रदेशमा सोमबार र मंगलबार महिला स्वास्थ्य समस्यासंग सम्बन्धित जनचेतना मुलक कार्यक्रम र महिलाको स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा रोगको पहिचाहन, उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती मिनाकृष्ण खड्काले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्रा. सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर सम्बन्धि रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनेसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रशिक्षण गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी तथा उक्त बाहिनी मातहत एम.आई.रुपमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, कर्णाली प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरु र स्थानीय क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत गरी ३३ जनालाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको सो प्रशिक्षणमा कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिलासंघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मातहतमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय महिला दिदीबहिनीहरु गरी कुल १ सय ६ जनाको सहभागिता रहेको थियो ।
/uploads/news/HWPBlI+5vMNBhuVJFSya0g==.jpg
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कर्णाली प्रदेशमा महिला स्वास्थ्य सम्बन्धि प्रशिक्षण आयोजना
सुर्खेत, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, कर्णाली प्रदेशमा सोमबार र मंगलबार महिला स्वास्थ्य समस्यासंग सम्बन्धित जनचेतना मुलक कार्यक्रम र महिलाको स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा रोगको पहिचाहन, उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती मिनाकृष्ण खड्काले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्रा. सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर सम्बन्धि रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनेसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रशिक्षण गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी तथा उक्त बाहिनी मातहत एम.आई.रुपमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, कर्णाली प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरु र स्थानीय क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत गरी ३३ जनालाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको सो प्रशिक्षणमा कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिलासंघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मातहतमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय महिला दिदीबहिनीहरु गरी कुल १ सय ६ जनाको सहभागिता रहेको थियो ।