Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा ६ जना पक्राउकाठमाडौं, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् । उनीहरुलाइ सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित आँपताल सीमा ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले करीव ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको धनगढी उपमहानगपालिका १३ बस्ने २४ बर्षिय मुकेश रानालाई पक्राउ गरेको छ । सु.प्र.प. ०१००८ प ११३३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज रानालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा ६ जना पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् । उनीहरुलाइ सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित आँपताल सीमा ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले करीव ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको धनगढी उपमहानगपालिका १३ बस्ने २४ बर्षिय मुकेश रानालाई पक्राउ गरेको छ । सु.प्र.प. ०१००८ प ११३३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज रानालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।