सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा चाँदी तथा चाँदीको गरगहना बरामद |
बाँके, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव ८ लाख ६८ हजार रुपैयाँ बराबरको १० के.जी. ८ सय ७ ग्राम चाँदी तथा चाँदीको गरगहना बरामद गरेको छ । यूपी ३२ ईके ८१९६ नम्बरको भारतीय मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो माटरसाईकलमा जाँच गर्दा उक्त चाँदी फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । |