Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्राउनसुगर तथा गाँजासहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउकाठमाडौं, झापा जिल्लाको कचनकवल गाउँपालिका ५ फुटहागञ्ज स्थित सीमा ईलाकाबाट पौष २० गते सशस्त्र प्रहरीले करीव ४ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कचनकवल गाउँपालिका ७ बस्ने २४ वर्षिय बिनोद बस्नेत र २८ वर्षिय निखिल रेग्मी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश दलेगाउँले उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी धादिङ जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाटबाट पौष २१ गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित सोही ठाउँ बस्ने प्रकाश प्रजा र बिक्रम प्रजालाई पक्राउ गरेको छ । धादिङबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४१४९ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुलाई उक्त गाँजासहित सशस्त्र प्रहरी बल, नेपाल राजमार्ग सुरक्षा बेश आदमघाटले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएईएको छ ।
/uploads/news/no-image-new.jpg
ब्राउनसुगर तथा गाँजासहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
काठमाडौं, झापा जिल्लाको कचनकवल गाउँपालिका ५ फुटहागञ्ज स्थित सीमा ईलाकाबाट पौष २० गते सशस्त्र प्रहरीले करीव ४ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कचनकवल गाउँपालिका ७ बस्ने २४ वर्षिय बिनोद बस्नेत र २८ वर्षिय निखिल रेग्मी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश दलेगाउँले उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी धादिङ जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाटबाट पौष २१ गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित सोही ठाउँ बस्ने प्रकाश प्रजा र बिक्रम प्रजालाई पक्राउ गरेको छ । धादिङबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४१४९ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुलाई उक्त गाँजासहित सशस्त्र प्रहरी बल, नेपाल राजमार्ग सुरक्षा बेश आदमघाटले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएईएको छ ।