Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ‘कर्मचारी संचय कोषको सेवा तथा सुविधा’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्नकाठमाडौं, सशस्त्र प्रहरी कर्मचारीहरुलाई कर्मचारी संचय कोषले प्रदान गरिरहेको विविध सेवा तथा सुविधा बारेमा जानकारी गराउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले कर्मचारी संचय कोष सँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजना गरेको ‘कर्मचारी संचय कोषको सेवा तथा सुविधा’ विषयक अन्तरक्रिया कार्यक्रम मंसीर १५ गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरु तथा लेखा अधिकृतहरु सहभागी भएको सो अन्तरक्रिया कार्यक्रममा कर्मचारी संचय कोषका बरिष्ठ प्रवन्धक दिलीपराज पौडेलले प्रस्तुतीकरण मार्फत कोषले आफ्ना संचय कर्ताहरुलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रम, संचयकर्ता सापटी कार्यक्रम, संचय कोषको व्यवस्थापन र निवृत्तीभरण कोष व्यवस्थापन लगायतका विविध विषयमा जानकारी गराउनुभयो । त्यसअवसरमा कर्मचारी संचय कोषका प्रवन्धक कृष्णप्रसाद शर्माले सो कोषले संचय कर्ताहरुलाई प्रदान गर्ने विमा सुविधा, स्वास्थ्य उपचार खर्चको सोधभर्ना, विशेष सापटी, घर निर्माण तथा खरिद र जग्गा खरिदका लागि प्रदान गर्ने लोन सुविधा, शैक्षिक लोन, प्रसुती स्याहार रकम तथा काजक्रिया अनुदान खर्च लगायतका विविध सुविधा लिन अपनाउनु पर्ने प्रक्रियाबारे जानकारी दिनुकासाथै सो अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकृतहरुबाट आएको विविध जिज्ञासाबारेमा प्रकाश पार्नुकासाथै कोषको वेभसाईट, मोवाईल एप्स, कनेक्ट आईपीएस तथा नागरिक एप्स मार्फत अनलाईन रुपमा प्रदान गरिरहेको सुविधाहरुको बारेमा समेत जानकारी गराउनुभयो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ‘कर्मचारी संचय कोषको सेवा तथा सुविधा’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी कर्मचारीहरुलाई कर्मचारी संचय कोषले प्रदान गरिरहेको विविध सेवा तथा सुविधा बारेमा जानकारी गराउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले कर्मचारी संचय कोष सँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजना गरेको ‘कर्मचारी संचय कोषको सेवा तथा सुविधा’ विषयक अन्तरक्रिया कार्यक्रम मंसीर १५ गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरु तथा लेखा अधिकृतहरु सहभागी भएको सो अन्तरक्रिया कार्यक्रममा कर्मचारी संचय कोषका बरिष्ठ प्रवन्धक दिलीपराज पौडेलले प्रस्तुतीकरण मार्फत कोषले आफ्ना संचय कर्ताहरुलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रम, संचयकर्ता सापटी कार्यक्रम, संचय कोषको व्यवस्थापन र निवृत्तीभरण कोष व्यवस्थापन लगायतका विविध विषयमा जानकारी गराउनुभयो । त्यसअवसरमा कर्मचारी संचय कोषका प्रवन्धक कृष्णप्रसाद शर्माले सो कोषले संचय कर्ताहरुलाई प्रदान गर्ने विमा सुविधा, स्वास्थ्य उपचार खर्चको सोधभर्ना, विशेष सापटी, घर निर्माण तथा खरिद र जग्गा खरिदका लागि प्रदान गर्ने लोन सुविधा, शैक्षिक लोन, प्रसुती स्याहार रकम तथा काजक्रिया अनुदान खर्च लगायतका विविध सुविधा लिन अपनाउनु पर्ने प्रक्रियाबारे जानकारी दिनुकासाथै सो अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकृतहरुबाट आएको विविध जिज्ञासाबारेमा प्रकाश पार्नुकासाथै कोषको वेभसाईट, मोवाईल एप्स, कनेक्ट आईपीएस तथा नागरिक एप्स मार्फत अनलाईन रुपमा प्रदान गरिरहेको सुविधाहरुको बारेमा समेत जानकारी गराउनुभयो ।