Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा सरिककाठमाडौँ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा मंसीर ९ गते सम्पन्न भएको छ । त्यसअवसरमा सो समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । सो अवसरमा सम्माननीय प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो । दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको बीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु्र्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिएका सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुकासाथै घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले गौरवशाली ईतिहासकासाथ राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, भुकम्प, विभिन्न समयमा भएका विपद व्यवस्थापनकासाथै उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा उपचार, दंगा व्यवस्थापन लगायतका जिम्मेवारीमा व्यवसायिक भई सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकारको भरपर्दो र विश्वसनीय सुरक्षा निकायको रुपमा आफ्नो पहिचान बनाउन सशस्त्र प्रहरी बल, नेपाल सफल रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाईनमा खटिदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्नुहुँदै राज्यका सबै निकायहरुले जातजाति, भाषा, धर्म र लिङ्ग नभनी सामुहिक प्रयासकासाथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । सम्माननीय प्रधानमन्त्री देउवाले सुरक्षा निकायको व्यवसायिक दक्षता र क्षमता अभिबृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासित, ईमानदार र लगनशील भई कार्यक्षेत्रमा क्रियाशील रहन निर्देशन दिनुकासाथै दीक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा पूर्ण सफलताको कामना समेत गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउनुहुँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला तथा मनोवल उच्च भएको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सेवा भावकासाथ समर्पित रहँदै सशस्त्र प्रहरी बल, नेपाल उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै राज्यप्रदत्त विविध जिम्मेवारीहरुका क्षेत्रहरु सीमा सुरक्षा तथा व्यवस्थापन, भुकम्प तथा महामारीमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारीमा डेडिकेटेड अस्पताल मार्फत विशिष्ट स्तरको उपचार तथा सोको नियन्त्रण, विपद व्यवस्थापन, सशस्त्र विद्रोह तथा पृथकतावादी गतिविधि नियन्त्रण, आतंकवादी गतिविधि नियन्त्रण, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा लगायतका जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सोको आम जनसमुदाय, नेपाल सरकार लगायत विभिन्न नियकाहरुबाट समेत प्रशंसा भएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुुस्त, दुरुस्त तथा थप प्रभावकारी ढंगले परिचालित हुन समयानुकल आवश्यक ऐन तथा नियम तर्जुमाकासाथै आवश्यक साधानश्रोतहरुको व्यवस्थापनमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्व तथा पहलकदमी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरु डेडिकेटेड फोर्सको रुपमा उत्तरी हिमालको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी सीमाको गर्मी तथा हावाहुरीमा देश र जनताको सेवा र सुरक्षार्थ अहोरात्र खटिएर हिमपातदेखि बाढिपहिरोजन्य विपदमा समेत आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै आएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा नवप्रवेशी अधिकृतहरुका अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुहुँदै अधिकृतहरुकासाथै सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा ईमान्दार, कर्तव्यनिष्ठ भई जिम्मेवारी निर्वाहमा जुट्न त्यसै अवसरमा निर्देशन दिनुभयो । सो समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले तालिम समापन पश्चात कार्यक्षेत्र प्रवेश गर्न लागेका दीक्षित अधिकृतहरुलाई शब्दोच्चारण मार्फत सपथ ग्रहण गराउनु भएको थियो । करीव १५ महिना अवधिको उक्त आधारभूत तालिम ४ जना महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाही र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्ट उत्कृष्ट भएका छन् । दीक्षान्त समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, प्रधान सेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
/uploads/news/Gm1OJbeVNvYzpMPxUvMN0g==.jpg
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा सरिक
काठमाडौँ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा मंसीर ९ गते सम्पन्न भएको छ । त्यसअवसरमा सो समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । सो अवसरमा सम्माननीय प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो । दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको बीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु्र्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिएका सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुकासाथै घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले गौरवशाली ईतिहासकासाथ राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, भुकम्प, विभिन्न समयमा भएका विपद व्यवस्थापनकासाथै उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा उपचार, दंगा व्यवस्थापन लगायतका जिम्मेवारीमा व्यवसायिक भई सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकारको भरपर्दो र विश्वसनीय सुरक्षा निकायको रुपमा आफ्नो पहिचान बनाउन सशस्त्र प्रहरी बल, नेपाल सफल रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाईनमा खटिदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्नुहुँदै राज्यका सबै निकायहरुले जातजाति, भाषा, धर्म र लिङ्ग नभनी सामुहिक प्रयासकासाथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । सम्माननीय प्रधानमन्त्री देउवाले सुरक्षा निकायको व्यवसायिक दक्षता र क्षमता अभिबृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासित, ईमानदार र लगनशील भई कार्यक्षेत्रमा क्रियाशील रहन निर्देशन दिनुकासाथै दीक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा पूर्ण सफलताको कामना समेत गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउनुहुँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला तथा मनोवल उच्च भएको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सेवा भावकासाथ समर्पित रहँदै सशस्त्र प्रहरी बल, नेपाल उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै राज्यप्रदत्त विविध जिम्मेवारीहरुका क्षेत्रहरु सीमा सुरक्षा तथा व्यवस्थापन, भुकम्प तथा महामारीमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारीमा डेडिकेटेड अस्पताल मार्फत विशिष्ट स्तरको उपचार तथा सोको नियन्त्रण, विपद व्यवस्थापन, सशस्त्र विद्रोह तथा पृथकतावादी गतिविधि नियन्त्रण, आतंकवादी गतिविधि नियन्त्रण, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा लगायतका जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सोको आम जनसमुदाय, नेपाल सरकार लगायत विभिन्न नियकाहरुबाट समेत प्रशंसा भएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुुस्त, दुरुस्त तथा थप प्रभावकारी ढंगले परिचालित हुन समयानुकल आवश्यक ऐन तथा नियम तर्जुमाकासाथै आवश्यक साधानश्रोतहरुको व्यवस्थापनमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्व तथा पहलकदमी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरु डेडिकेटेड फोर्सको रुपमा उत्तरी हिमालको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी सीमाको गर्मी तथा हावाहुरीमा देश र जनताको सेवा र सुरक्षार्थ अहोरात्र खटिएर हिमपातदेखि बाढिपहिरोजन्य विपदमा समेत आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै आएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा नवप्रवेशी अधिकृतहरुका अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुहुँदै अधिकृतहरुकासाथै सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा ईमान्दार, कर्तव्यनिष्ठ भई जिम्मेवारी निर्वाहमा जुट्न त्यसै अवसरमा निर्देशन दिनुभयो । सो समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले तालिम समापन पश्चात कार्यक्षेत्र प्रवेश गर्न लागेका दीक्षित अधिकृतहरुलाई शब्दोच्चारण मार्फत सपथ ग्रहण गराउनु भएको थियो । करीव १५ महिना अवधिको उक्त आधारभूत तालिम ४ जना महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाही र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्ट उत्कृष्ट भएका छन् । दीक्षान्त समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, प्रधान सेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।