Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउकाठमाडौं, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ ठाटीस्थित सीमा ईलाकाबाट मंसीर २ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको लाहान नगरपालिका २० हरिनगर बस्ने राम नारायण साहलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अभयनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम इन्जेक्सन ७८ वटा, हाईड्रोक्लोराईड ७८ वटा र बुप्रेनोर्फिन ७७ वटा फेला पारेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट मंसीर २ गते ४० वटा निट्रोजेन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विर्तामोड नगरपालिका २ बस्ने १८ वर्षिया गंगा राजवंशी र १८ वर्षिय धिरज राजवंशी छन् । उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ
काठमाडौं, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ ठाटीस्थित सीमा ईलाकाबाट मंसीर २ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको लाहान नगरपालिका २० हरिनगर बस्ने राम नारायण साहलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अभयनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम इन्जेक्सन ७८ वटा, हाईड्रोक्लोराईड ७८ वटा र बुप्रेनोर्फिन ७७ वटा फेला पारेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट मंसीर २ गते ४० वटा निट्रोजेन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विर्तामोड नगरपालिका २ बस्ने १८ वर्षिया गंगा राजवंशी र १८ वर्षिय धिरज राजवंशी छन् । उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।