सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ |
मोरङ्ग, मोरङ्ग जिल्लाको सुनवर्षि नगरपालिका ८ स्थित सीमा ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले १० पत्ता ट्रामाडोल ट्याब्लेट र १ पत्ता स्पास्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको कमल गाउँपालिका १ बस्ने १९ वर्षिय निशान दाहाल छन् भारतबाट नेपालतर्फ आउँदै गरेका निज दाहाललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दाहाललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |