Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सिया सीमा ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाईट्रोभेट ट्याब्लेसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षिय आमस वि.क. र पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ भिस्वा बस्ने २४ वर्षिय शेखर कुमार सिहं छन् । भारतबाट ना ५० प ४९०१ नम्बरको स्कुटरमा नेपालपतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेका हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ११ गते १३ वटा नाईट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षिय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ सीमा ईलाकाबाट नेपालतर्फ आउँदै गरेका निज मुखियालाई ड्यूटिमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सिया सीमा ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाईट्रोभेट ट्याब्लेसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षिय आमस वि.क. र पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ भिस्वा बस्ने २४ वर्षिय शेखर कुमार सिहं छन् । भारतबाट ना ५० प ४९०१ नम्बरको स्कुटरमा नेपालपतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेका हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ११ गते १३ वटा नाईट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षिय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ सीमा ईलाकाबाट नेपालतर्फ आउँदै गरेका निज मुखियालाई ड्यूटिमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।