Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडांै, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट कार्तिक ०४ गते सशस्त्र प्रहरीले करीव ३ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, पित्तलको लोटा तथा मोबाईल पाटर््स बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देबडिहाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ०५ गते करीव १ लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा प्लाष्टिकका बिभिन्न सामाग्रीहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ भडरीया स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ०४ गते करीव १ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको किराना सामान तथा सुपारी बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको किराना सामान तथा नेपालबाट चोरीनिकासी गरी भारततर्फ लैजाँदै गरेको सुपारी सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडांै, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट कार्तिक ०४ गते सशस्त्र प्रहरीले करीव ३ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, पित्तलको लोटा तथा मोबाईल पाटर््स बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देबडिहाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ०५ गते करीव १ लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा प्लाष्टिकका बिभिन्न सामाग्रीहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ भडरीया स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ०४ गते करीव १ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको किराना सामान तथा सुपारी बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको किराना सामान तथा नेपालबाट चोरीनिकासी गरी भारततर्फ लैजाँदै गरेको सुपारी सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।