Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अविरल बर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता काठमाडौं, झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधूरी डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनिहरुको उद्धारकार्यमा सकृयताका साथ जुटेको हो । यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३ वटा घरहरु डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका ब्यत्तिहरुलाई सुरक्षित स्थानमा सारेको छ । यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ । सोही नगरपालिका ९ बस्ने ४५ बर्षिय मान बहादुर थापा र ४२ बर्षिया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बिचमा फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो । त्यसबेला सोही नगरपालिका ८ बस्ने ३० बर्षिय गणेश औजी भने उक्त खोलाले बगाएर बेपत्ता भएको बताईएको छ । यसैगरी डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित रंगुन खोलाको बिचमा फसेका ५ जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने ५ जना ब्यत्तीहरु धान काट्न खेतमा जाने क्रममा सो खोलामा पानीको बहाव बढ्न गई खोलाको बिचमा अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट परिगाउँबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरि उनिहरुको सकुशल उद्धार गरेको हो ।
/uploads/news/l1Bn2mHm5daLgI0+Sd2BDA==.jpg
अविरल बर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता
काठमाडौं, झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधूरी डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनिहरुको उद्धारकार्यमा सकृयताका साथ जुटेको हो । यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३ वटा घरहरु डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका ब्यत्तिहरुलाई सुरक्षित स्थानमा सारेको छ । यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ । सोही नगरपालिका ९ बस्ने ४५ बर्षिय मान बहादुर थापा र ४२ बर्षिया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बिचमा फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो । त्यसबेला सोही नगरपालिका ८ बस्ने ३० बर्षिय गणेश औजी भने उक्त खोलाले बगाएर बेपत्ता भएको बताईएको छ । यसैगरी डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित रंगुन खोलाको बिचमा फसेका ५ जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने ५ जना ब्यत्तीहरु धान काट्न खेतमा जाने क्रममा सो खोलामा पानीको बहाव बढ्न गई खोलाको बिचमा अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट परिगाउँबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरि उनिहरुको सकुशल उद्धार गरेको हो ।